बुद्ध एयरको विमान अवतरण हुन नसकेपछि, एक यात्रु जहाजभित्रै बेहोस


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन । समयमै अवतरण हुन नसक्दा त्रासले ती यात्रु बेहोस भएकी हुन् ।  बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् ।

करिब आधा घण्टा भन्दा बेसी आकाशमै रहेर नेपालगञ्ज विमानस्थलमा सफल अवतरण गरेपनि महिलाको होस भने खुलेको छैन ।

बेहोस हुने महिलाको पहिचान खुलाईएको छैन। हाल उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको बुद्ध एयरको को जहाज ९ बजेर १८ मिनेटमा सफल अवतरण भएको थियो । तर उक्त जहाल ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com