अमेरिकी पोर्ट अफ इन्ट्रीमा ग्रिनकार्ड र नागरिकताबाहकका अधिकार


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

विमानस्थलमा झरिसकेपछि अमेरिकी पोर्ट अफ इन्ट्रीमा अध्यागमनको लामो लाइन पार गरेर तपाई अमेरिका भित्र प्रवेश गर्दै आउनुभएको होला । यतिसम्म त ठीकै छ । तर तपाईलाई थप अनुसन्धानका लागि कस्टम एण्ड बोर्डर प्रोटेक्सनले लगेको खण्डमा तपाईले आफ्ना अधिकारहरुबारे थाहा पाउन जरुरी हुन्छ ।

चौथो संसोधनले विनाकारण खानतलासी गर्न र कब्जा गर्नमा प्रतिबन्ध लगाएको छ । तर यो प्रतिबन्ध पोर्ट अफ इन्ट्रीमा लागु हुँदैन । अमेरिकी नागरिक हुँदैमा सेकेण्डरी इन्सपेक्सनका लागि तपाईले अस्वीकार गर्न मिल्दैन ।

यदि अधिकारीहरुले थप अनुसन्धानका लागि तपाईलाई लगेमा तपाईले त्यसको पालना गर्नुपर्छ । सीबीपीले अमेरिकन यात्रुका लगेज र गाडीहरु सिमानामा बिना वारेन्टपनि चेकजाँच गर्नसक्छन् ।

तर अमेरिकी नागरिकलाई अमेरिकी सरकारले सिमानाबाट अमेरिका प्रवेशमा रोक लगाउन भने सक्दैन । यदि ग्रिनकार्डबाहक पनि एकबर्षभन्दा कम समय अमेरिकाबाहिर बसेको छ भने अमेरिकी सरकारले अमेरिका प्रवेशको अनुमति दिनुपर्छ ।

खासगरी अमेरिकी नागरिकताप्राप्त व्यक्तिको पासपोर्टको म्याद सकिएको वा नो फ्लाई लिस्टमा रहेको खण्डमा त्यस्ता व्यक्ति थप जाँचबुझको दायरामा पर्न सक्छन् । अमेरिकी नागरिकलाई कतिसमय सीबीपीले राख्नसक्छ भन्नेबारेमा कुनै सिमाबन्दी छैन तर सामान्यतया केही घण्टा वा रातभर भन्दा धेरै राख्दैन । किनभने अदालतले उनीहरुमाथिको नियन्त्रणलाई अतार्किक ठान्नसक्छ ।

सीबीपीले तपाईका व्यक्तिगत इलेक्ट्रानिक उपकरणहरु हेर्नका लागि माग्न सक्छ । अमेरिकी नागरिकले त्यसको पासवर्ड दिन अस्वीकार गर्न सक्छन् । तर सीबीपीले उक्त उपकरण कब्जा गर्न सक्छ । पहिलो सर्किट कोर्टले विद्युतीय उपकरणमा रहेका सामाग्रीहरु गहिरो तरिकाले हेर्न र कपी गर्न वारेन्टको आवश्यकता रहेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com