न्युयोर्कमा फोनबाट ठगको फन्दामा परे उबर चालक नेपाली, क्षणभरमै एकाउन्टको सबै रकम गायब


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

अमेरिकाको न्युयोर्कमा एकजना उबर चालक नेपाली फोनबाट ठगको फन्दामा परेका छन् । ठगको फन्दामा पर्दा क्षणभरमै उबर एकाउन्टमा रहेको सबै रकम गुमाउनु परेको उनले नाम उल्लेख नगर्ने शर्तमा खसोखासलाई जानकारी दिए ।

सोमबार विहान उबर चलाइरहेको बेला एउटा फोनकल आएको र फोन उठाउँदा उक्त व्यक्तिले उबरबाट फोन गरेको बताएको उनले जानकारी दिए । गाडी चलाउँदा ग्राहकबाट मास्क नलगाएको रिपोर्ट आएको र परिचय प्रमाणिकरण नगरे उबरको चालक एकाउन्ट बन्द गरिदिने बताएपछि आफूले उबरबाटै फोन आएको ठानेर सबै विवरण दिएको ती नेपालीले बताए ।

ठगले रकम लगेपछिको स्टेटमेन्ट

फोनमा एकाउन्ट अपडेट गर्ने भन्दै बैंकको विवरण मागेको समेत उनले बताए । आफ्नो एकाउन्टबाट ठगले एकसाताको सबै आम्दानीको रकम लगेको उनले बताए ।

उनले भने – ‘मैले उबरबाटै फोन आएको होला भन्ने ठानेर उसले मागेका सबै विवरणहरु दिएँ । तर एकैछिनमा उबरको एकाउन्टबाट सबै रकम गायब भयो । त्यसपछि मैले आफू ठगको फन्दामा परेको ठगिएको थाहा पाएँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठगले परिवर्तन गरिदिएको नम्बर

आफ्नो उबरको एकाउन्टबाट १८७६ डलर गुमाउनु परेको उनले बताए । ठगले आफ्नो उबर एकाउन्टमा बैंक विवरण, फोन नम्बर लगायतका विवरणहरु पनि परिवर्तन गरिदिएकाले आफूले त्यसपछि उबर चलाउन नसकेको उनले बताए । उबरमा सम्पर्क गर्दा अहिलेसम्म कुनै रेस्पोन्स नआएको उनले बताए ।

ठगले क्यासआउट गर्न प्रयोग गरेको एकाउन्ट

ठगले उनको एकाउन्टमा अन्तिम ४ डिजिट २०१५ रहेको आगामी सन् २०२५ को जनवरीमा एक्सपायर हुने डेबिट कार्ड राखेको छ । त्यस्तै फोन नम्बर पनि परिवर्तन गरेर २५१ ८७३ ६७८१ राखेको ती नेपालीले जानकारी दिए । न्युयोर्कको क्वीन्समा बस्दै आएका ती उबर चालकले भने – ‘म त यसरी ठगिएँ । अरु यसरी ठगिनबाट बच्न सावधान रहनुहोला ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com