एनआरएनएका लक्ष्यहरु पुनरावलोकन गर्न जरुरी


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

शेष घले

आज गैरआवासीय नेपाली संघले नेपालभित्र र बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार नेपाली जनता गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, विदेशी संघसंस्थाले एनआरएनलाई जति विश्वासिलो साझेदार सम्झिएका छन्, त्यो सबै एकै दिनमा वा सानो मेहेनतले सम्भव भएको हैन । त्यसमा संसारभर छरिएर रहनुभएका गैरआवासीय नेपाली साथीहरुको विश्वास, भरोसा, मेहेनत र मातृभूमीको लागि केही गरौं भन्ने परोपकारी भावना सबैभन्दा महत्वपूर्ण पक्ष हो । विदेशी भूमीमा आर्जेको सीप, पूँजी र भावनालाई आफ्नै मुलुकको सम्बृद्धिमा खर्च गर्ने त्यही भावनाको एकीकृत स्वरुप हो आजको गैरआवासीय नेपाली संघ ।

हामीले यो बीचमा करिब एक दशकसम्म गैरआवासीय नेपालीको प्रमुख मुद्दा बनेको नागरिकताको मागलाई संविधानको मस्यौदामा पार्न सफल भएका छौं । एकहदसम्म हामी यो विषयमा सफल भइसकेका छौं । अब कसैले चाहेर पनि गैरआवासीय नेपालीलाई एकपटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो धारणबाट वञ्चित गर्न सक्दैन । नेपाल सरकारसँगको साझेदारीमा खुल्ला विश्वविद्यालय स्थापना गर्ने हाम्रो धेरैवर्षदेखिको प्रयत्न पनि अब सफलताउन्मुख छ । गैर आवासीय नेपाली संघको माग अनुशार प्रशासकीय स्वरुप तथा संरचना हुने तयारी भइरहेको र त्यसका लागि हाम्रो निरन्तर प्रयास रहिरहेको छ । धेरै संघर्षपछि हामीले खुला विश्वविद्यालयको नीति निर्माण र संचालनमा गैरआवासीय नेपाली संघको सहभागितालाई सुनिश्चित गर्न सफल भएका छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगानीको विषयमा होस् वा परोपकारी कामका सन्दर्भमा । गैरआवासीय नेपाली संघले धेरै फड्को मारिसकेको छ । मुलुकमा लगानी भित्राउने अभियानमा म नेतृत्वकर्ताका हैसियतमा आफै अग्रसर भएको छु भने थुप्रै गैरआवासीय नेपाली साथीहरुले पर्यटन, सेवा क्षेत्र र अन्य उद्योगमा पनि लगानी गरिरहनुभएको छ ।
आजसम्म हामीले जेजति उपलब्धी हासिल ग¥यौं । त्यसैमा चित्त बुझाएर, विगतका उपलब्धीहरुप्रति गौरवमात्र गरेर बस्ने अवस्था छैन । हाम्रा अगाडि अथाह सम्भावना र विशाल चुनौती दुबै छन् । त्यसैले हाम्रा आगामी कदम पनि विगतमा जस्तै बुद्धिमतापूर्ण हुनुपर्छ । महत्वकांक्षी हुनुपर्छ । र विवेकशिल हुनुपर्छ ।
भूकम्पपछिको एनआरएनए र भूकम्प अगाडिको एनआरएनएमा धेरै फरक छ । भूकम्पले विदेशमा बस्ने नेपालीहरुलाई नेपालप्रति अझ बढी भावना जगाइदिएको छ । नेपाल आवतजावत गर्नेदेखि लगानी गर्ने सन्दर्भमा थप भावना जगाइदिएको छ । पुननिर्माणको कामलाई पनि अवशरका रुपमा लिन सकिन्छ । पुननिर्माण र संरचनाको विकाशमा एनआरएनले लगानी गर्न सकिनेछ । कैयन साथीहरुले विभिन्न संरचना निर्माणमा हात हालिरहनुभएको छ । हाइड्रो पावरमा पनि लगानी भइरहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा पनि एनआरएनको भूमिका उल्लेख्य छ । पुननिर्माणसँगसँगै पर्यटन प्रबद्र्धन पनि भइरहेको छ ।

हामीले गत ग्लोबल सम्मेलनमा एनआरएनए नेपालको पुननिर्माणको सच्चा साझेदार भन्ने नारा नै अगाडि सारेका थियौं । अहिले हामीले घर बनाउने कामको सुरुवात गदैछौं । यो एउटा पुननिर्माणमा साझेदारी हो । अहिले एनआरएनले वास्तविक रुपमा नै काम गरेर देखाउने बेला हो । यो हाम्रो लागि अवशर पनि हो । यसपछि समुदायमा हामीप्रतिको विश्वास बढ्नेछ । दीर्घकालिन रुपमा हामीले नेपालको पुननिर्माणमा एनआरएनए सच्चा साझेदार हो भन्ने देखाउन सक्नेछौं । हामी सामाजिक र आर्थिक क्षेत्रमा त्यही हिसाबले अगाडि बढ्नेछौं । सामाजिक क्षेत्रमा प्रभाव बढ्दै जानेमात्र नभई आर्थिक क्षेत्रमा पनि लगानी लगायतका काममा प्रभाव बढ्ने देखिएको छ । संस्थाले नीति निर्माणका लागि पहल गर्नेछ । संस्थाले लगानी र सामाजिक नीति निर्माणका लागि पहल गर्नेछ ।

प्रभावकारी नीति निर्माणका लागि हामी सरकारलाई सुझाव दिनेछौं । एनआरएनए नेपालको साझेदार हो भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्नेछौं । भविश्यमा एनआरएनए धेरै परिवर्तन भइसकेको हुनेछ । एकदिन गैरआवासीय नेपाली संघ सारा नेपाली मुलका मानिसहरुको राष्ट्रसंघ जस्तो संस्था बन्ने छ । जहाँ सयौं देशमा स्थापित दोश्रो वा तेश्रो पुस्ताका नेपालीहरु गोलवद्ध हुनेछन् । मलाई विश्वास छ, त्यो बेलासम्म हामी मातृभूमीको समृद्धिका सच्चा संवाहक र साझेदार बनिसकेका हुनेछौं । त्यसले सामाजिक र आर्थिक क्षेत्रमा पनि निकै राम्रो प्रभाव पार्नेछ । त्यसका लागि एनआरएनएको सुधार गर्न जरुरी छ ।

यो क्षेत्रीय सम्मेलनमा म एनआरएनएमा सुधारको विषयलाई बढावा दिन चाहन्छु । कैयन मान्छेहरुलाई परिवर्तन मन नपर्न सक्छ । त्यसैले सुधार र पुनर्सरचनाको काम निकै गाह्रो छ । संस्थाभित्रको सुधार मेरा लागि निकै ठूलो चुनौती हो । आशाा छ, त्यो सुधारका लागि साथीहरुले साथ दिनुहुनेछ । नेपालको सच्चा साझेदार बन्नका लागि हाम्रा उद्देश्यहरुमा परिवर्तन ल्याउन जरुरी छ । कतिपय ठाउँमा हटाउन पर्ने कुराहरुलाई हटाउन जरुरी छ । परिवर्तन गर्नुपर्ने कुराहरुलाई परिवर्तन गर्न जरुरी छ । थप्न पर्ने कुराहरुलाई थप्न जरुरी छ । १५ बर्ष अगाडि तय गरिएका कतिपय लक्ष्य पूरा भइसकेका छन् । पूरा भइसकेका लक्ष्यलाई टिकमार्क गरेर अर्को स्टेपमा अगाडि बढ्न जरुरी छ । अब एनआरएनएका लक्ष्यहरु पुनरावलोकन गर्न जरुरी छ ।

घले एनआरएन आईसीसीका वर्तमान अध्यक्ष हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com