एनआरएनमा आर्थिक स्थायित्व महत्वपूर्ण चुनौती


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

जीबा लामिछाने

बिश्वभरि छरिएर रहेका नेपालीहरु बीच बिस्वब्यापी संजालको निर्माण गर्नु र यसबाट नेपालको समग्र विकासमा गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा योगदान गर्न सक्ने सम्भावनालाई उजागर गर्नु एनआरएनएको अहिलेसम्मको मुख्य उपलब्धी हो । त्यस्तै स्वदेशमा सबै बर्गबाट हामीले प्राप्त गरेको रिकग्निसन अर्को उपलब्धी हो । यसबाट हाम्रो जिम्मेवारी झन् थपिएको छ ।

तर यसका साथसाथै चुनौतिहरु पनि थपिएका छन् । संस्थामा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरुको प्रवेशबाट बचाउनु पर्ने , सबै जाती, भाषा, राजनैतिक आस्थाका मानिसहरुको साझा संगठनको रुपमा यसलाई निरन्तरता दिने, संस्था भित्र कै गुट उपगुटलाई रोक्नु पर्ने लगायतका चुनौतीहरु छन् । साथै संस्थाको आर्थिक स्थायित्व अर्को महत्वपूर्ण चुनौती हो ।

जीबा लामिछाने एनआरएन आईसीसीका पूर्व अध्यक्ष हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com