वकिल नभएका एसाइलमका मुद्दाको सुनुवाई भोलिदेखि स्थगित, कस्तो कदम चाल्ने?


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

अमेरिकी अध्यागमन अदालतमा वकिल नभएका एसाइलमका मुद्दाको सुनुवाई भोलिदेखि स्थगित हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले भोलिदेखि लागु हुने गरी वकिल नभएका हिराशतमा नरहेकाहरुको मुद्दाको सुनुवाई स्थगित गरिने जनाएको छ ।

हिराशतमा रहेकाहरुको र वकिल वा अन्य प्रतिनिधि भएकाहरुको सुनुवाई भने जारी राखिने जनाइएको छ । हिराशतमा रहेकाहरुको बोण्ड सुनुवाई र हिराशत पुननिर्धारणका मुद्दाहरुमा पनि सुनुवाई जारी राखिने जनाइएको छ । हिराशतमा नरहेकाहरुको वकिल वा कानूनी प्रतिनिधि भएका मुद्दाको सुनुवाई पनि जारी रहनेछ ।

अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएका अमेरिका बाहिर रहेकाहरुको सुनुवाई पनि जारी नै रहनेछ । वकिल वा अन्य प्रतिनिधिपनि नरहेका र हिराशतमा पनि नरहेकाहरुको जनवरी ३१ सम्मका लागि सुनुवाई तय भएका मुद्दामा अदालतमा उपस्थीत हुन नपर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुनुवाई स्थगित भएकाहरुका लागि एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सुचना पठाउने जनाएको छ । तर जनवरी १५ भन्दा अगाडि सुनुवाई तय भएका र स्थगित गरिएका मुद्दाका सन्दर्भमा भने अगाडि नै त्यस्तो सुचना प्राप्त नहुन पनि सक्ने जनाइएको छ ।

हिराशतमा रहेकाहरु र वकिल वा अन्य प्रतिनिधि भएका हिराशतमा नरहेकाहरुको सुनुवाई फोन वा अनलाइनमार्फत गरिने जनाइएको छ । तर अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएका अमेरिका बाहिर रहेकाहरुको सुनुवाईका लागि भने व्यक्ति नै उपस्थीत हुनुपर्नेछ ।

हिराशतमा पनि नरहेका र वकिल पनि नभएकाहरुको सुनुवाईको अर्को मिति दिइने भएतापनि पहिले नै मितिमा सुनुवाई चाहनेहरुले अध्यागमन अदालतमा फोन गरेर तोकिएकै मितिमा सुनुवाईको अनुरोध भने गर्नसक्ने जनाइएको छ । त्यस्तो अनुरोध स्वीकार भएको खण्डमा फोन वा अनलाइनमार्फत सुनुवाई हुनेछ । अन्यथा सुनवाईको नयाँ मिति र समय सहित सुचना पठाइनेछ ।

आफ्नो सुनुवाई स्थगित भए नभएको बारे अनिश्चित हुनेहरुले अटोमेटेड अदालतको सुचना प्रणालीमा हेर्न सकिनेछ । त्यस्तै ८०० ८९८ ७१८० वा आफ्नो मुद्दा रहेको अदालतमा फोन पनि गर्न सकिनेछ । अनलाइनबाट हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com