३५ लाख खर्चेर अमेरिका जान खोज्दा घानामा मृत्यु भएका बोहराको शव डेढ महिना पछि नेपाल पुग्दै


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने  सपना बोकेर घानासम्म पुगेका  रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो ।  मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो ।

उनको शव कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ ।  शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ । आकरा विमानस्थलमा बिरामी भएपछि  उनलाई इमिरेट्स एयरलाइन्सले अलपत्र पारेर छाडेको थियो ।

एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो ।

तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र  शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष विकास सुवेदी , दिनेश पाण्डेय , कृष्ण निरौला लगायत पदाधिकारीहरुले समन्वय गरेका हुन् ।त्यसैगरि उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको शव काठमाडौं पुगेपछि रुकुम सम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय  सचिवालयले सहयोग गर्ने भएको छ । एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना , एनआरएनए अफ्रिका राहत कोष , एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसी लगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन्  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com