सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेशनमा
प्रकाशित मिति : पुस २५, २०७८ आईतबार
dGqL sfsL{af6 dlGqkl/ifbsf lg0f{o ;fj{hlgs sf7df8f}F, #@ ;fpg M dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{glhs ub}{ sfg’g Gofo tyf ;+;bLo dfldnfdGqL Pjd ;/sf/sf k|jQmf 1fg]Gb|axfb’/ sfsL{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।







