न्युयोर्कमा बेरोजगारी विमाको रकम पाउन बाँकी छ ? उक्त रकम पाउन लेबर डिपार्टमेन्टका टिप्स


प्रकाशित मिति : पुस २४, २०७८ शनिबार

कतिपयले महामारीको बेलामा आवेदन दिएको बेरोजगारी विमाको रकम प्राप्त हुन अझै बाँकी रहेको गुनासो गरेका छन् । न्युयोर्कमा डिपार्टमेन्ट अफ लेबरमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन नसकेको र बाँकी रकम प्राप्त गर्न नसकेको कतिपयको गुनासो रहेको छ ।

डिपार्टमेन्ट अफ लेबरले कतिपय आवेदकका सन्दर्भमा सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको रकम समेत रोकेका थियो । तीमध्ये कैयनलाई परिचय प्रमाणिकरणका लागि अनुरोध गरिएको थियो । अनलाइनमार्फत परिचय प्रमाणिकरण गर्न नजान्दा वा नसक्दा कैयनले प्राप्त हुनुपर्ने रकम समेत प्राप्त गर्न सकेका छैनन् । उनीहरुले यथाशीघ्र परिचय प्रमाणिकरण गरेर रकम प्राप्त गर्नसक्नेछन् ।

अनलाइनबाट परिचय प्रमाणिकरणका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो रकम किन रोकिएको हो भन्नेबारे खास कारण न्युयोर्कको डिपार्टमेन्ट अफ लेबरमा फोन गरेर समेत बुझ्न सकिनेछ । ८८८ २०९ ८१२४ मा फोन गर्दा धेर्य भएर पटकपटक प्रयास गर्न डिपार्टमेन्ट अफ लेबरले सुझाव दिएको छ । सोमबार र सार्वजनिकविदा पछिको दिनमा अत्यन्तै विदा हुने भएकाले अन्य दिनमा फोन सम्पर्क प्रयास गर्न समेत सुझाव दिइएको छ ।

सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको संघीय सुविधा प्राप्त गर्न नसकेकाहरुको आवेदन न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले पुनरावलोकन गरिरहेको छ । अगाडि रकम नपाएका हप्ताहरुको पुनरावलोकन सुरु गरेर योग्यहरुलाई रकम प्रदान गरिने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । रकम नपाएकाहरुले पनि उक्त अवधिमा नियमित रुपमा साप्ताहिक प्रमाणिकरण भने गरेको हुनुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com