पोर्तुगलमा उभौलीको रौनक, गायक सम्भु राईको बिशेष प्रस्तुती (फोटोफिचर )


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

-गणेश पाण्डेय / लिस्वन पोर्चुगल

पोर्तुगलको राजधानी लिस्बोनमा किरातहरुको चाड साकेला (उभौली ) एक बिशेष समारोहका बीच सम्पन्न भएको छ। गायक तथा संगीतकार शम्भू राईको बिशेष उपस्थिति र गायनले उभौली पर्वमा रौनक थपेको थियो।

किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला (उभौली) चाडमा प्रमुख अतिथिका आदिवासी अभियन्ता परशुराम तामाङ र बिशेष अतिथिका रुपमा रुपमा नेपालबाट आएका गाएक संगीतकार शम्भू राई थिए।

किरात समाज पोर्चुगलका अध्यक्ष गणेश याख्खाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन राज राईले गरेका थिए । सो कार्यक्रममा भूमिको पूजा पश्चात प्रमुख अतिथी तथा विशेष अतिथीहरुबाट फेटा, झ्याम्टा,ढोल प्रदान गरी साकेला नाच प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा उपस्थित अतिथिहरुलाई किरात मुकुटको रूपमा प्रयोग हुने सेतो फेटा लगाई सम्मान गरिएको थियो भने उपस्थित विभिन्न अतिथीहरुले शुभकामना सन्देश दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको औपचारिक समाप्तीपछि गायक शम्भू राईले ” चलेछ बतास सुस्तरी मनै सरर ” बाट आफ्नो सांगितिक प्रस्तुती शुरु गर्दै एक दर्जन गीतमार्फत भरपुर मनोरंजन दिएका थिए । यसरी विभिन्न जातजातिहरुको मौलिक संस्कृती र परम्परा बिदेशी भूमिमा समेत हर्सोल्लासका साथ मनाउदा हाम्रा मौलिक परम्परा जीवित रहने बिश्वास गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com