भिसा परिवर्तन र थपका लागि दिइएका अनलाइन आवेदनमा हुलाकमार्फत बायोमेट्रिक सुचना नपठाउने


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

भिजिटर, विद्यार्थी लगायतका गैर आप्रवासी भिसाको स्टाटस परिवर्तन र थपका लागि दिइएका आई ५३९ का अनलाइन आवेदनमा युएससीआईएसले हुलाकमार्फत बायोमेट्रिक सुचना नपठाउने भएको छ । यस अगाडि त्यस्ता बायोमेट्रिक अप्वाइन्टमेन्टको सुचना युएससीआईएसले हुलाकबाट समेत पठाउँदै आएको थियो ।

अब अनलाइनमार्फत दिइएका त्यस्ता आवेदनमा बायोमेट्रिकको सुचना पनि अनलाइन एकाउन्टमा नै गएर हेर्न सकिनेछ । बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भइसकेपछि अनलाइन एकाउन्टमा डकुमेन्ट सेक्सनमा गएर बायोमेट्रिक अप्वाइन्टमेन्टको सुचना हेर्न सकिनेछ । उक्त सुचनामा कुन मिति र समयमा कुन स्थानमा गएर बायोमेट्रिक दिने भन्ने उल्लेख हुनेछ ।

बायोमेट्रिक दिने आवेदन सपोर्ट सेन्टरमा जाँदा भने उक्त सुचना प्रिन्ट गरेर नै लैजानुपर्नेछ । युएससीआईएसलाई डिजिटल बनाउने क्रममा अनलाइनमार्फत फाइल गरिएका आई ५३९ आवेदनका सन्दर्भमा बायोमेट्रिक पनि अनलाइनमामात्र उपलब्ध गराउने व्यवस्था गरिएको युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइनमार्फत गरिएका आई ५३९ आवेदनमा अनलाइनमा नै आवेदनको अवस्था हेर्न सकिन्छ भने थप कागजातको माग भएको खण्डमा त्यस्ता कागजात वा प्रमाण पनि अनलाइनमार्फत नै पेश गर्न सकिन्छ । त्यस्तै सम्पर्क सम्बन्धि विवरणहरु पनि अनलाइनमार्फत नै सहजै परिवर्तन गर्न सकिन्छ ।

युएससीआईएसका महत्वपूर्ण सुचनाहरु नछुटाउन नियमित रुपमा अनलाइन एकाउन्ट चेक गर्न सुझाव दिइएको छ । नोटिफिकेशनका लागि साइनअप गरेको खण्डमा हरेक अपडेटका लागि इमेलमा समेत सुचना प्राप्त हुनेछ ।

यदि बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति पछाडि सार्न परेमा युएससीआईएसको सम्पर्क केन्द्र ८०० ३७५ ५२८३ मा फोन गर्न सकिनेछ । तर सुरुको अप्वाइन्टमेन्टको समय र मिति अगाडि नै फोन गरेर नयाँ अप्वाइन्टमेन्ट तय गर्न आवश्यक छ । त्यस्तै अप्वाइन्टमेन्ट सार्नुपर्नाको उचित कारण समेत बताउन आवश्यक हुन्छ ।

यदि समयमै नयाँ अप्वाइन्टमेन्ट तय गर्नका लागि सम्पर्क नसकेमा वा नयाँ अप्वाइन्टमेन्टका लागि उचित कारण पेश गर्न नसकेमा युएससीआईएसले बायोमेट्रिकको नयाँ मिति नदिने सम्भावना रहन्छ । अप्वाइन्टमेन्टमा उपस्थीत नभएमा वा नयाँ मिति तय नगरेमा युएससीआईएसले आवेदन त्यागेको ठहर गर्दै अस्वीकार गर्न सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com