आईएसका दर्जनौ ‘जासुस’ इरानबाट पक्राउ


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट आइएसका दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो ।
गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरिएको जनाएको छ ।
शङ्कास्पद ती व्यक्तिहरुलाई प्रहरीले आइएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही ‘एजेण्ट अफ डाईस’ भनेको छ ।
गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतङकबादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानहरु पनि नियन्त्रणमा लिएको जनाइएकोे छ । रासस÷एएफपी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com