पाल्पा बस दुर्घटनाका ६ जना मृतकको सनाखत


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् ।

मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।

बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएकोे बस दुर्घटना भएको थियो ।

दुर्घटनाबाट परी १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीकोे ठमाइ छ । घाइतेलाई स्थानीयवासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com