हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।

लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताउनुभयो । स्थानीयवासी शेर्पाले भन्नुभयो, “हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।”

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताउनुभयो । त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उहाँको भनाइ छ । विष्टले भन्नुभयो, “हिमपातका कारण धेरै चिसो बढेको छ । अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या छ ।”

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । व्यवसायमा टेवा पुगेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com