एरिक आडम्सले न्युयोर्कको टाइम्स स्क्वायरमा मध्यरातमा मेयरको सपथग्रहण गर्ने


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

न्युयोर्कका नवनिर्वाचित मेयर एरिक आडम्सले नयाँबर्षमा न्युयोर्कको टाइम्स स्क्वायरमा मध्यरात लगत्तै सपथग्रहण गर्ने भएका छन् । टाइम्स स्क्वायरमा बल खसालेपछि नयाँ बर्ष सुरु हुने बित्तिकै उनले न्युयोर्क सिटीको ११० औं मेयरका रुपमा सपथग्रहण गर्ने भएका छन् ।

सिटी क्लर्कमार्फत उनले सपथग्रहण गर्नेछन् भने सपथग्रहणमा उनले आफ्नो परिवारको बाइबललाई साक्षी राख्नेछन् । नयाँ चुनौतिको सामना गर्दै आफू न्युयोर्क सिटीको नेतृत्व गर्न तयार रहेको मेयर आडम्सले बताएका छन् ।

एरिक आडम्सको पदभार ग्रहण समारोहक सुरुमा जनवरीका १ का लागि तय भएको थियो । तर कोरोना संक्रमण बढेपछि उक्त समारोह स्थगित गरिएको थियो । पदभार ग्रहणको कुनै विशेष समारोहविना नै आफू न्युयोर्क सिटीको नेतृत्व गर्न तयार रहेको आडम्सले बताएका थिए ।

सपथग्रहण पछि आडम्स न्युयोर्क सिटीमा दोश्रो अश्वेत मेयर हुनेछन् । उनी सन् २०१४ देखि न्युयोर्क सिटीको ब्रुकलिन बोरो प्रेसिडेण्ट रहदै आएका थिए । शनिबारदेखि ६१ बर्षका आडम्सले वर्तमान मेयर बिल ब्लाजिओको स्थान लिनेछन् ।

मंगलबार मतदानका क्रममा एरिक आडम्स

गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै बु्रकलिन बोरो पे्रसिडेण्ट भएका एरिक आडम्स समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।

नेपाली टोपीमा एरिक आडम्स

पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए ।

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

एरिक आडम्सका साथमा न्युयोर्क सिटी काउन्सिल चुनावमा नेपाली मूलको पहिलो उम्मेदबार बनेर इतिहास कायम गर्न सफल नवराज केसी ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com