वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

वर्षासँगै चिसो बढेपछि बुटवल उप-महानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ । उप-महानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।

विद्यालयले दिने वर्षे-हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गतेका लागि बिदा आह्वान गरिएको हो । उपमहानगरअन्तर्गत रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द रहने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com