अहिलेसम्म ३ हजारभन्दा धेरै भारतीय महिलालाई नेपाली नागरिकता : सुबास नेम्बाङ


प्रकाशित मिति : भाद्र ११, २०७३ शनिबार

एनआरएनलाई गैरआवासीय नागरिकता दिने बिषय अब तलमाथि हुँदैन

संविधानसभाका पूर्व सभामुख सुबास नेम्बाङले अहिलेसम्म नेपालको संविधान अनुशार नेपालमा विवाह गरेका ३ हजार भन्दा धेरै भारतीय महिलाहरुलाई नेपालको अंगिकृत नागरिकता प्रदान गरिएको जानकारी दिनुभएको छ । न्युजर्सीमा आयोजित एनआरएनको क्षेत्रीय सम्मेलनमा नागरिकताको निरन्तरता सम्बन्धी फोरममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

नेपाली चेलीले भारतमा विवाह गर्दा भारतीय नागरिकता लिन सातबर्षसम्म लाग्ने भएपनि भारतीय चेलीले नेपालमा विवाह गर्दा झण्डै एकसातामा नै प्रकृया पूरा गरेर नागरिकता प्रदान गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

अहिलेको नेपालको संसदमा १२ जना भारतीय चेलीहरु सभासद् रहेको जानकारी दिदै नेम्बाङले नेपाली काँग्रेसका तर्फबाट मन्त्री हुने सितादेवी यादव पनि भारतीय चेली हुनुले नेपालमा विहे गर्ने भारतीय चेलीहरुप्रतिको सम्मान प्रष्ट भएको बताउनुभएको छ ।

अंगीकृत नागरिकता लिने व्यक्तिलाई राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायतका पद बाहेक अन्य अधिकार प्रदान गरिएको र नागरिकतामा यस्तो प्रावधान निकै सुझबुझपूर्ण तरिकाले राखिएको उहाँले दाबी गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी एनआरएनहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने विषय संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ ।

गैर आवासीय नेपाली नागरिकताको सन्दर्भमा एमाले, काँग्रेस, माओवादी केन्द्र र मधेसी दलका नेताहरुले निरन्तर आवाज उठाएकाले नागरिकतामा प्रावधान राख्न सकिएको स्मरण गर्दै उहाँले नेपालका राजनीतिक दलहरुले एकजुट भएर खेलेको भूमिकालाई एनआरएनले बिर्सन नहुने बताउनुभयो ।

गैर आवासीय नेपाली नागरिकताको एनआरएनको माग पूरा भएकोमा उहाँले एनआरएनलाई बधाई समेत दिनुभएको छ । यो बिषयलाई
सम्बन्धित कानुनमा उपयुक्त व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले कानुन निर्माणको काम सुरु भइसकेको जानकारी दिनुभयो । कानुन निर्माणका लागि मस्यौदाको प्रकृया चलिरहेको र अब नागरिकताका सन्दर्भमा तलमाथि नहुने उहाँले विश्वास दिलाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com