मेला लगाउनकै लागि विद्यालय बन्द !


प्रकाशित मिति : पुस १२, २०७८ सोमबार

 

जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ? ”, प्रचार्य भक्तबहादुर मल्लले भन्नुभयो । मेला लगाएवापत विद्यालयलाई रु ५० हजार दिएको समेत उहाँले बताउनुभयो ।

कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निर्णय गरेको होला भन्दै उहाँले थप्नुभयो, “आहा सरोकारवाला च्याम्पियन सबैमा हार्दिक बधाईसमेत लेखेका छन् ।” भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो ।

राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो । मेला लगाउने भए पनि तल्लो थाप्लेमा ठाउँ हुँदाहँुदै पनि विद्यालयभित्रै लगाउनु र लगाउन बाध्य पार्नु सही नभएको सर्वसाधारणले बताएका छन् । भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यालय धर्म चन्दले बताउनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com