राष्ट्रपति ट्रम्प‘झुठो’ रहेको कोमीको दाबी


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

जेष्ठ २६, २०७४- अमेरिकाको केन्द्रिय जाँच ब्युरो (एफबीआई) का पुर्व निर्देशक जेम्स कोमीले  राष्ट्रपति डोनाल्ड ट्रम्प झुठो रहेको दाबी गरेका छन् । पदबाट बर्खास्दी पछि पहिलोपटक बिहिबार कंग्रेसको माथिल्लो सदन ‘सिनेट’ को खुफिया समितिसँगको सार्बजनिक सुनवाईमा कोमीले आफनो र आफनो नेतृत्वको एफबीआई बारेमा राष्ट्रपति ट्रम्पले कुप्रचार गरेको आरोप लगाए । कोमीको दाबी थियो ‘ट्रम्प प्रशासनले मेरो बर्खास्दी पछि, मेरो र स्वतन्त्र जाँच ब्युरो (एफबीआई) बारेमा बदनामी गर्‍यो ।’

उनले आफनो बारेमा कुप्रचार गरिएपछि आफनो अभियक्तिहरु सार्वजनिक गरेको बताए ।  गत राष्ट्रपति निर्वाचनमा रसियाको संलग्नताको बिषयमा भईरहेको छानबिनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावित पार्न खोजेको उनको आरोप छ । रसिया माथिको छानबिनले आफनो प्रशासन माथि मडारिएको ‘बादल’ हटाउन र आफनो नेतृत्वको प्रशासनप्रति वफादार बन्न ट्रम्पले दबाब दिएको कोमीले बताएका छन । त्यसैगरि ट्रम्पका आफना सुरक्षा सल्लाहकार माईकल फ्लिनमाथि छानबिन नगर्न निर्देशन दिएको जिकिर कोमीको छ ।

कोमीले रसियाले नियतवश गत निर्वाचनमा प्रभाव पारेको दाबी गरे । पदबाट हटाएपछि, ट्रम्पले कोमी सँगको डिनर, त्यहाँ भएका संवादको बिषयमा सार्बजनिकरुपमा विवादास्पद टिप्पणी गरेका थिए । तीन तीन पटक रसियाको संलग्नताको बिषयमा कोमीले आफु माथि छानबिन नभईरहेको बताएको ट्रम्पको जिकिर थियो ।

सन् २०१३ मा ओबामा प्रशासनद्वारा दश बर्षका लागि नियुक्ती पाएका कोमीलाई ट्रम्पले गत महिना बर्खास्त गरेका थिए । निर्वाचनमा रसियाको संलग्नताको बिषयको छानबिनलाई निस्तेज पार्न ट्रम्प त्यसो गरेको विपक्षीको आरोप छ । यसबारे एफबीआईले छानबिन गरिरहेको छ भने कंग्रेसको दुवै सदनका समितिहरु पनि सक्रिय छन् । तीन साता अघि मात्र ‘जस्टिज डिपार्टमेन्ट’ ले एफबीआईका पुर्व निर्देशक रोबर्ट मुलरको नेतृत्वमा बिशेष स्वतन्त्र छानबिन आयोग गठन गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोमी, तिनै पात्र हुन, जसलाई डेमोक्रयाट्क पार्टी उम्मेदवार हिलारी क्लिन्टनले आफनो हारको जिम्मेवार ठम्याउदै आएकी छिन् । निर्वाचनको दश दिन अघि कोमी नेतृत्वको एफबीआईले क्लिन्टन ईमेलको प्रकरणको थप विवादास्पद बिषयहरु सार्बजनिक गरेको थियो । जसले हिलारीको संभावनालाई प्रभावित तुल्याएको बताईन्छ ।

गत निर्वाचनको क्रम एवम् ट्रम्प निर्वाचित भएपछि पनि रसियाका गुप्तचर निकायका अधिकारी एवम् रसियाका राजदुतसँग ट्रम्पका सल्लाहकारहरुले भेटेको, साँठगाँठ गरेको, रसियाली ह्याकरहरुले हिलारी क्लिन्टन लक्षित ‘फेक न्युज’ प्रकाशित गरेको बिषयमा छानबिन भईरहेको छ ।  डेमोक्रयाट्क पार्टीको गोप्य ईमेलहरु ह्याक गर्दै सार्बजनिक गरेर ट्रम्पलाई जिताउन पुटिनको नेतृत्वको रसियाले सहयोग पुर्‍याएको आशंका छ ।

यो घटनालाई सन १९७० को दशकको चर्चित ‘वाटरगेट स्क्याण्डल’ संग पनि जोडेर हेरिएको छ । वासिङटन डिसी स्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रयाट्क पार्टीको हेडक्वार्टरमा घुसेर, महत्वपूर्ण कागजात चोर्ने क्रममा केहि पक्राउ परेका थिए ।  तत्कालीन निक्सन प्रशासनकै संलग्नताको बिषयमा छानबिन भएको थियो । विभिन्न छानबिनमा निक्सनकै निकटहरुको संलग्नता देखिएपछि कंग्रेसले महाअभियोगको प्रस्ताव अगाडी बढाएको थियो । महाअभियोगकै क्रममा सन १९७४ मा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले राजिनामा दिएका थिए ।

Source : Ekantipur

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com