नेपालमा भूकम्पपीडितका लागि घर बनाउने एनआरएनको अभियानमा सहयोग गर्दै नेपाली अमेरिकन सेन्टरले एनआरएनलाई ३६ हजार अमेरिकी डलर (झण्डै साढे ३८ लाख रुपैया ) को चेक हस्तान्तरण गरेको छ । न्युजर्सीमा आयोजित क्षेत्रीय सम्मेलनमै सेन्टरका उपाध्यक्ष रमाकान्त खरेलले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
खरेलले एनआरएनका अध्यक्ष शेष घलेलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । चेक प्राप्त गरेपछि घलेले धन्यवाद ज्ञापन गर्दै खरेललाई एनआरएनका तर्फबाट सम्मान गर्नुभएको थियो ।
सेन्टरले यस अगाडि एनआरएन अमेरिकालाई भूकम्पपीडितका घर निर्माणका लागि १५ हजार अमेरिकी डलरको चेक हस्तान्तरण गरिसकेको छ । सेन्टरले भूकम्पपीडितको सहयोगार्थ शिकागोमा रहेका नेपालीहरु अन्य सहयोगी व्यक्ति तथा संघसंस्थाबाट सो रकम संकलन गरेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।