डेलिगेट भण्डारीलाई पीएचडी: १८% नेपालीको अमेरिकी राजनीतिमा चासो रहेको शोधको निष्कर्ष


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

‘नेपाली अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधी गरेका नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीको शोधमा अमेरिकामा रहेका अरु समुदायका तुलनामा नेपाली समुदायको अमेरिकी राजनीतिमा चासो र सहभागिता बढी रहेको निष्कर्ष निकालिएको छ । राजनीतिक बहसदेखि अमेरिकाको मूलधारको राजनीतिका विषयहरु बुझ्ने सन्दर्भमा झण्डै १८ प्रतिशत नेपालीहरुको राजनीतिक चासो र सहभागिता रहेको शोधको निष्कर्ष रहेको छ ।

भण्डारीले युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टी युएमवीसीबाट विद्यावारिधि गरेका हुन् । विश्वविद्यालयमा मंगलबार दिउँसो आयोजित एक दीक्षान्त समारोहमा उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरियो। समारोहमा नेपाली पहिरनमा सहभागी भएर उनले आफ्नो जन्मभूमिप्रति श्रद्धा र सम्मान प्रकट गरेका थिए ।

भण्डारीको शोधमा अमेरिकामा सन् २०१७ सम्म नेपालीहरुको जनसंख्या ३ लाख १५ हजार ९ सय ८० रहेको हिसाब निकालिएको छ । अमेरिकी नागरिकता लिएकाहरु, ग्रिनकार्डवाहक, विद्यार्थीहरु लगायत कागजपत्रविहिनहरु समेतको गणना गरेर यो संख्या निकालिएको हो । अमेरिकाको राजनीतिमा सहभागित हुने र चासो देखाउनेहरु अमेरिकन नागरिकता हुने र ग्रिनकार्ड हुने नेपालीहरु बढी रहेको शोधमा देखिएको छ ।

एसियन अमेरिकनहरुमा जति शिक्षा र आम्दानी भएपनि राजनीतिक सहभागिता कम हुन्छ भन्ने मुलधारको मान्यताभन्दा भण्डारीको् शोधबाट निकालिएको निष्कर्ष फरक देखिएको छ । भण्डारीको शोधमा राम्रो शिक्षा र आम्दानी भएकाहरुको राजनीतिक चासो र सहभागिता बढी देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए ह्रयास्बोस्कीले संसदमा भएका थोरै विद्यावारिधि गर्नेमध्ये डा भण्डारी एक भएको बताउँदै उनले आफ्नो समुदायसँग सम्बन्धित विषयमा अनुसन्धान गरी अमेरिकी प्राज्ञिक क्षेत्र र आफ्नो समुदायप्रति ठूलो गुण लगाएको पनि बताए। प्रेसिडेन्ट ह्रयास्बोस्की अमेरिकाको प्राज्ञिक क्षेत्रकै एक सम्मानित व्यक्तित्व हुन् ।

आफ्नो विद्यावारिधि अरूभन्दा भिन्न र अमेरिकामा रहेका नेपालीका लागि विशेष भएको बताउँदै भण्डारीले आफूले अमेरिकामा रहेका नेपालीको राजनीतिक सहभागिता र भाषिक एकीकरणमाथि मिहीन अध्ययन गरेर त्यसको निस्कर्ष प्रस्तुत गरेको बताए । यो निस्कर्षले अमेरिकी संस्थापनलाई अमेरिकामा रहेका नेपालीलाई हेर्ने झ्याल मात्र हैन, ढोका पनि खोलिदिएको उनको भनाई छ ।

अमेरिकामा रहेका नेपालीलगायतका एसियाली अल्पसंख्यकलाई एउटै बास्केटमा राखेर सोलोडोलो किसिमले हेर्ने दृष्टिकोणमाथि आफ्नो अनुसन्धानले चुनौति खडा गरेको बताउँदै उनले अमेरिकी संस्थापनले एसियाली अल्पसंख्यकलाई धनी, बाठा, शिक्षितका रूपमा हेर्ने गरेको भएपनि आफ्नो अध्ययनले त्योभन्दा फरक तस्बिर देखाएको बताए ।

अमेरिकाको मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारी अमेरिकी मूलधारको राजनीतिमा यो मानक उपलव्धी हासिल गर्ने पहिलो नेपाली हुन्। अमेरिकामा रहेको एसियाली अल्पसंख्यक त्यसमा पनि सीमान्तकृत बनाइएको नेपाली मूलको प्रतिनिधित्व गर्ने उनलाई यो प्राज्ञिक उपलव्धीले एक अनुसन्धानकर्ता राजनीतिकर्मीका रूपमा उभ्याउने विश्वास गरिएको छ ।

नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट भण्डारी डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्छन्। उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य पनि हुन्। अमेरिकामा एसियन अमेरिकन तथा प्यासिफिक आइजल्याण्डरहरूको छाता संस्था एएपीआईको तर्फबाट मेरिल्याण्ड राज्यको दुबै संसदमा उपाध्यक्ष रहेका भण्डारी पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा छन्। उनले अर्को वर्षको नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्। चुनावी अभियानमा रहेका भण्डारीलाई यो उपलव्धीले थप ब्राण्डिङ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको पर्वतमा जन्मेका भण्डारीले आफ्नो सुरूवाती शिक्षा आफ्नै हजुरबुबाले गाउँमा स्थापना गरेको सरकारी विद्यालयबाट सुरू गरेका थिए। गाउँमै माध्यामिक शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि पोखरा आएका उनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरे। अमेरिका आएपछि उनले विश्वप्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा समेत अध्ययन गरेका थिए।

सन् २००५ अक्टोबरमा अमेरिका आएका भण्डारी अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढे। उनी अमेरिका आएर नेपाली अमेरिकी भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने मान्यताको वीउ रोप्ने अगुवामध्येमा पर्छन्। उनले त्यही बीउ उमारेर सबैले देख्ने गरी सम्भावनाको विरूवा हुर्काइरहेका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com