नेपाली पहिचान, पर्यटन र ब्यापार प्रबर्द्धनमा थप जिम्मेवारीबोध भएको छ : ऋषी ढकाल, अवैतनिक महावाणिज्यदूत


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

 

ऋषी ढकाल, अवैतनिक महावाणिज्यदूत

अमेरिकाको क्यालिफोर्निया निवासी ऋषी ढकाल हालै नेपाल सरकारका तर्फबाट क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत हुनुभएको छ । उहाँ सोही क्षेत्रका लागि सन् २०१३ देखि अवैतनिक वाणिज्यदूत हुनुहुन्थ्यो । अवैतनिक महावाणिज्यदूतमा बढुवा हुनुभएका ढकालसँगको कुराकानी ।

सर्बप्रथम अवैतनिक महावाणिज्यदूतमा बढुवा हुनुभएकोमा बधाई छ । वाणिज्यदूत हुँदा कस्तो भूमिका खेलेका कारण महावाणिज्यदूत हुनुभयो ?

नेपाल सरकार र अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जिम्मेवारीलाई मैले पूर्णरुपमा आफ्नो क्षमताले भ्याएसम्म नेपाली जनताका इस्युलाई सम्बोधन गर्ने र उनीहरुका समस्याहरुलाई समाधान गर्ने, नेपाली ब्यापार व्यवसाय तथा नेपाली पहिचानको प्रबद्र्धन गर्ने क्रममा नेपाल चिनाउने काम एवं नेपाली जनताको सेवामा हाजिर हुने काम गरें । जुन कुरा नेपाल सरकारले पनि मूल्यांकन गरेको छ । वाणिज्यदूतमा नियुक्त भइसकेपछि नेपालबाहिर निर्यात हुने नेपाली लत्ताकपडाको सन्दर्भमा सबैभन्दा धेरै गार्मेन्ट निर्यात गरेबापत मलाई राष्ट्रपतिबाट सम्मान उपलब्ध गराइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महावाणिज्यदूतमा नियुक्ती पाउँदा कस्तो अनुभव भइरहेको छ ?

अहिले मेरो दायित्व, भूमिका र जिम्मेबारी अझ बढेको महसुस गरेको छु । नेपाली जनता, नेपाल सरकार र अमेरिकी सरकारको बीचमा बसेर निर्वाह गर्नुपर्ने भूमिकामा मेरो दायित्वको दायरा बढेको छ । पहिलेको भन्दा पनि सफल रुपमा अगाडि बढाउने र थप जिम्मेबारीबोधका साथ लाग्नेछु ।

अबको दिनमा अमेरिकामा रहेका नेपालीलाई प्रत्यक्ष अनुभव हुने गरी कुनै कामको योजना छ ?

देशको प्रतिनिधित्व गर्ने क्रममा प्रवासमा रहेका हरेक नेपालीहरुको भूमिका उत्तिकै रहन्छ । आफ्नो मातृभूमीको सेवा लगायतका कार्यमा र समाजलाई नेतृत्व गर्ने साथीहरुले जसरी नेपाल सरकार, नेपाली दूतावास र वाणिज्यदूतावासको भूमिकामा नेपाल चिनाउने क्रममा उत्सव, कार्यक्रम र परेडहरु गरेर अगाडि बढिरहनुभएको छ, उहाँहरुसँग हातेमालो गर्दै अगाडि बढ्न सकिन्छ । ६६ बाट बढेर अहिले अमेरिकामा कर नलाग्ने ७७ प्रकारका नेपालमा उत्पादित सामानलाई अमेरिकामा निर्यात गर्नमा ब्यापार व्यवसायसँग सम्बन्धित साथीहरुलाई सहयोग गर्दै अमेरिकामा खुद्रा, थोक बिक्री गरेर आर्थिक हिसाबले सहयोग गर्न सकिन्छ । नेपालमा पनि थप रोजगारी दिलाउन सकिन्छ ।

हामीले अहिले ७७ प्रकारका सामान अमेरिका ल्याउदा कर नलाग्ने व्यवस्था गर्न सक्यौं, त्यस्ता सामानको उत्पादन क्षमता बढाउनेमा व्यवसायीहरुलाई आग्रह गर्नेछौं । त्यही अनुशारको काम गर्ने प्रणालीको विकाशका लागि मैले मेरो क्षमताले भ्याएसम्म काम गर्नेछु । मैले हिजोका दिनमा पनि गरेको छु र आगामी दिनमा पनि गर्नेछु । स्थानीय रुपमा अमेरिकामा रहनुभएका नेपालीहरुलाई आफ्नो आफ्नो ठाउबाट आफ्नो पहिचानको प्रबद्र्धन गर्ने क्रममा स्थानीय सरकार, सिटी काउन्सिल, च्याम्बर अफ कमर्श लगायत विभिन्न संघ संस्थासँग एकीकरण गर्ने प्रकृयाका सहयोग गर्नेछौं । अमेरिकामा रहेका नेपालीको ज्ञानलाई मातृभूमीमा लैजान हामी सम्बन्धित दक्ष व्यक्ति र संघसंस्थालाई अनुरोध गर्नेछौं । यही सन्दर्भमा महावाणिज्यदूतावासको भूमिका रहिरहनेछ ।

तपाई वाणिज्यदूतका रुपमा रहँदा र महावाणिज्यदूत भइसकेपछिको भूमिकामा के फरक हुनेछ ?

भूमिकाका रुपमा वाणिज्यदूत र महावाणिज्यदूतको भूमिका उस्तै हो । महावाणिज्यदूत एक स्टेप प्रोमोसन हो । हामीले दूतावास अन्तरगत नै काम गर्ने भएकाले दूतावासको निर्देशनमा रहने र नेपाली पहिचानलाई चिनाउने, व्यवपार व्यवसाय बढाउने, नेपालीहरुको आर्थिक समृद्धिका लागि हुनसक्ने कार्यका लागि दूतावाससँग मिलेर काम गर्नेछौं । स्थानीय स्तरमा पनि स्थानीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्नेछौं ।

तत्कालिन राष्ट्रपतिबाट सम्मान ग्रहण गर्दै ढकाल ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com