अहिलेकै कार्यकालमा एनआरएको भवन बनाउने घलेको प्रतिबद्धता, २६ करोड लाग्ने


प्रकाशित मिति : भाद्र ११, २०७३ शनिबार

काठमाडौंमा एनआरएनएको भवन आफ्नै कार्यकालमा निर्माण हुने एनआरएन अध्यक्ष घलेले जानकारी दिनुभएको छ । न्युजर्सीमा एनआरएनएको क्षेत्रीय सम्मेलनमा एनआरएनको भवन निर्माणबारेको फोरममा बोल्दै घलेले वर्तमान कार्यसमितिकै कार्यकालमा भवन निर्माणको काम पूरा हुने बताउनुभएको छ ।

भवन निर्माणका लागि अहिलेसम्म १३ करोडको जग्गा किनिसकिएको र २६ करोडको लागतमा भवन निर्माण सक्ने घलेले जानकारी दिनुभयो । भवन निर्माणका लागि अहिलेसम्म ९ करोडमात्र संकलन भएपनि बाँकी रकम छिट्टै संकलन हुने घलेले विश्वास व्यक्त गर्नुभयो ।

न्युजर्सीमा आयोजित क्षेत्रीय सम्मेलनको नाफा रकम भवन निर्माणका लागि खर्च गरिने भएको छ भने भवन निर्माणका लागि सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com