अमेरिकाले नेपाललाई फेरि थप्यो आतंककारीको क्रिडास्थलमा, पहिलोपटक हटाइयो ‘पूर्व आतंकवादी’ सम्बोधन


प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार

गतबर्ष सार्वजनिक गरेको रिपोर्टमा नेपाललाई आतंकबादीको क्रिडास्थलबाट हटाएको अमेरिकाले यो बर्ष सार्वजनिक गरेको रिपोर्टमा नेपाललाई आतंकबादीको क्रिडास्थलका रुपमा फेरि थपेको छ । बिहिबार सार्वजनिक आतंकवादसम्बन्धि नयाँ रिपोर्टमा नेपाललाई आतंकवादीको क्रिडास्थलका रुपमा थपिएको हो ।

सन् २०१८ सम्मको रिपोर्टमा नेपाल आतंकवादीको क्रिडास्थल भएको बताएको अमेरिकाले गतबर्ष सार्वजनिक गरेको आतंकवादसम्बन्धि रिपोर्टमा नेपाललाई आतंकबादीको क्रिडास्थलबाट हटाएको छ । यद्यपी नेपाललाई आतंकवादीहरुले ट्रान्जिट वा स्टेजिङ बिन्दुको रूपमा प्रयोग गर्नसक्ने खतरा भने औल्याइएको थियो ।

सन् २०१५ देखि सन् २०१८ सम्मको रिपोर्टमा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको सबैभन्दा ठूलो हब भएको उल्लेख गर्दै आएको थियो । तर गतबर्ष सन् २०१९ भरको अवधिको रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाले नेपाललाई इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको थियो । बिहिबार सार्वजनिक रिपोर्टमा पनि नेपाललाई गतबर्षजस्तै इन्डियन मुजाहिद्दिनको हबबाट हटाइएको छ ।

यो रिपोर्ट अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ काउन्टर टेरोरिज्मले निकालेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बिहिबार उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नेतृत्वमा आइसकेपछिको सुधारपछि अमेरिकाले नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको थियो । खनालको नेतृत्वमा नेपाल प्रहरीले सन् २०१९ भरमा सुरक्षाका क्षेत्रमा उल्लेख्य कामहरु गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले गतबर्ष सार्वजनिक रिपोर्टमा नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएपछि विश्वको नजरमा नेपालको छवीमा केही सुधार आएको थियो । तर अहिले फेरि नेपाल आतंककारीको ट्रान्जिट वा स्टेजिङ बिन्दुका रुपमा प्रयोग भएको उल्लेख गरिएको छ ।

नेपाल भारत खुला सिमाना । सुनौली नाका ।

बिहिबार सार्वजनिक रिपोर्टमा सन् २०२० मा नेपालमा कुनै उल्लेख्य आतंककारी गतिविधि नभएको जनाइएको छ । तर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रयाप्त सुरक्षा प्रोटोकल र नेपाल भारत खुल्ला सिमानाका कारण भविश्यमा नेपाललाई आतंकवादीहरुले ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा भने प्रयोग गर्नसक्ने अमेरिकाको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा विप्लव समुहले गरेका हिंशात्मक घटनाहरुलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । तर अहिले विप्लव समुह हिंशा त्यागेर राजनीतिक प्रकृयामा आइसकेको पनि रिपोर्टमा उल्लेख छ ।

गतबर्ष सम्मको रिपोर्टमा ‘पूर्व आतंककारी’का रुपमा सम्बोधन गरेको अमेरिकाले यसबर्षको रिपोर्टमा ‘पूर्व हिशात्मक अतिवादी’ भनेर सम्बोधन गरेको छ । पूर्व हिंशात्मक अतिवादीहरुलाई समाजमा पुनस्थापित गर्न वा अतिवादीहरुको भर्तीलाई रोक्न नेपालमा कुनै सरकारी वा नागरिक समाजका कार्यक्रम नभएको अमेरिकी रिपोर्टमा जनाइएको छ । सबैभन्दा महत्वपूर्ण खतरा अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नै नेपाललाई क्रिडास्थल वा ट्रान्जिट प्वाइन्ट वा सफ्ट टार्गेट बनाउनसक्ने खतराबारे रिपोर्टमा जोड दिइएको छ ।

गतबर्षको रिपोर्टदेखि नेपाललाई भारतीय आतंकवादी समूहले आफ्नो अखडा बनाएको कुरा हटाएपनि सन् २०१५ देखि नै अमेरिकाले यसबारे नेपाललाई सचेत गराउँदै आएको थियो । सन् २०१५ मा प्रकाशित आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनले आफ्नो क्रीडास्थलका रूपमा नेपालसम्म क्षेत्र विस्तार गरेको अमेरिकाले उल्लेख गरेको थियो ।

यद्यपि, अमेरिकाले यस्तो ठहर गर्नुपर्ने अवस्था रातारात आएको होइन । त्योभन्दा अगाडि सन् २०१३ को अमेरिकी रिपोर्टमा अमेरिकाले सुरुवाती वाक्यमै भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा व्यवस्थाका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा दुरुपयोग गर्न सक्ने आशंका उल्लेख गरेको थियो । सन् २०१३ को अगस्ट २८ मा इन्डियन मुजाहिद्दिनका सहसंस्थापक यासिन भटकल नेपाल–भारतको सीमाक्षेत्रमा पक्राउ परेका थिए । सन् २०१० मा भारतको पुणेमा १७ जनाको ज्यान जाने गरी रेस्टुरेन्टमा भएको हमलामा भटकलविरुद्ध अभियोग लगाइएको थियो ।

त्यस्तै, सन् २०१३ को अगस्टमा भारतका ‘मोस्ट वान्टेड’ अब्दुल करिम टुन्डा पनि नेपाल–भारत सीमाक्षेत्रमै पक्राउ परेका थिए । सीमाक्षेत्रमा इन्डियन मुजाहिद्दिनका उच्च तहका नेता पक्राउ परेपछि नेपाल–भारत सीमाक्षेत्रलाई उनीहरूले उपयोग गरिरहेको सतहमा आएको थियो । यसअघि नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको खतराबारे अमेरिकाले खासै बोलेको थिएन । बरु सन् २०१२ को सेप्टेम्बरसम्म तत्कालीन नेकपा माओवादीलाई अमेरिकाले आतंकवादी गतिविधि संलग्न समूहको सूचीमा राखेको थियो । तर, अमेरिकी नागरिक वा अमेरिकाको विदेशनीतिमा डर हुने गरी माओवादी आतंकवादी गतिविधिमा संलग्न नभएको भन्दै सन् २०१२को सेप्टेम्बर ६ मा माओवादीलाई सूचीबाट हटाइएको थियो ।

सन् २०१५ देखि अमेरिकाले लगातार इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको उल्लेख गर्दै आएको थियो । यसबारे अमेरिकाले अहिलेसम्म गतबर्षसम्म आइपुग्दा आफ्नो धारणामा एक शब्द पनि परिवर्तन गरेको थिएन । तर सन् २०१९ मा सुरक्षा संयन्त्रमा आएको सुधारपछि अमेरिकाले ५ बर्षपछि गतबर्ष सार्वजनिक रिपोर्टमा पहिलोपटक नेपाल मुजाहिद्दिनको क्रीडास्थलबाट हटाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com