विद्यालय निरीक्षणमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीले दिए हरियो साग र गोलभेँडा उपहार


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

हरियो र देख्दै खाउँ खाउँ लाग्ने साग । बोटमा लटरम्म फलेका गोलभेँडा । स्याउ, आरु, अलैँचीका बोट पनि । त्यस्तै अन्य उपज पनि । तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ ।

मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनिएका थिए । लाग्थो, त्यहाँ केही नयाँ बाली लगाइँदैछ । विभिन्न प्रजातिका बिरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरतरूपमा खटिएको छ बूढानीलकण्ठ माध्यमिक विद्यालय । सोही विद्यालयको प्रयोगात्मक कक्षाका लागि तयार पारिएको कृषि फार्मको तस्विर हो यो ।

कक्षा पाँचदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एक हजार १३५ विद्यार्थी अध्ययनरत छन् । उनीहरु पनि नियमित पढाइसँगै विद्यालयको करेसाबारीमा काम गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थलगत निरीक्षण गरी प्रशंसा मात्रै गर्नुभएन, यस्तो अभियानबाट अरु विद्यालयले पनि सिक्नुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थी र शिक्षकका लागि आवासको व्यवस्था भएको विद्यालयमा सूचना प्रविधि ९आइटी०, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मक कक्षासहितको अध्यापन गरिन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ ।

देशकै उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले डा महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबोट बनाउने काममा अनुसन्धान गरिरहेको छ । आज बिहान सोही विद्यालयको निरीक्षण गर्न जानुभएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिनुभयो । “विद्यालयको शैक्षिक गतिविधि राम्रो छ,” उहाँले भन्नुभयो, “उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।” मन्त्री पौडेलले विद्यार्थीको पढाइको विषयमा समेत जिज्ञासा राख्नुभएको थियो ।

“बूढानीलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ”, उहाँले भन्नुभयो ।

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणका रूपमा देखाउन मन्त्रीले आग्रह गर्नुभयो ।

विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताउनुभयो । “हामीले शिक्षाका अतिरिक्त पढ्दै सिक्दै कार्यक्रम पनि अगाडि बढाएकाले थप प्रभावकारी नतिजा आएको छ”, आचार्यले भन्नुभयो ।

“विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन”, विद्यालयका प्रध्यानध्यापक आचार्य भन्नुभयो, “तरकारी खेतीबाट पहिलो सिजनमा रु १५ लाख आम्दानी गर्न सफल भयौँ ।’

उहाँका अनुसार विद्यालयले स्थानीय जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्तालाई पनि स्थलगत अवलोकन गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।

“विद्यार्थीलाई विरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ अनि विरुवा दिएर घर पठाउँछौँ”, प्रअ आचार्यले भन्नुभयो । विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप पनि सिकाइन्छ ।

निरीक्षणमा पुग्नुभएका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान प्रयोगशाला बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साग तथा गोलभेँडा शिक्षामन्त्रीलाई विद्यार्थीले कोसेलीका रूपमा दिएका थिए । विद्यालय र विद्यार्थीले नियमित शैक्षिक गतिविधिसँगै व्यावहारिक शिक्षासमेत पाएको भन्दै अन्य विद्यालयले समेत अनुसरण गर्नुपर्ने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पढ्दै, सिक्दै र कमाउँदै कामर्यक्रम समावेश गरेको छ । सो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरी योग्य नागरिक बनाउने सरकारको बुझाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com