एनआरएनले भूकम्पपीडितका लागि बनाउने १ हजार घरका लागि ५० करोड खर्च हुने, सहयोगका लागि घलेको आब्हान


प्रकाशित मिति : भाद्र ११, २०७३ शनिबार

एनआरएनएले नेपालका भूकम्पपीडितहरुका लागि बनाउने १ हजार घर निर्माणका लागि ५० करोडको हाराहारीमा रकम खर्च हुने एनआरएनए अध्यक्ष शेष घलेले जानकारी दिनुभएको छ । अहिले एनआरएनएको खातामा ३५ करोड रकम र त्यसको १ करोड ब्याज सहित झण्डै ३६ करोड रकम भएपनि भूकम्पपीडितका लागि घर बनाउन झण्डै ५० करोड लाग्ने घलेले बताउनुभएको हो ।

न्युजर्सीमा एनआरएनएको क्षेत्रीय सम्मेलनमा पुननिर्माणबारेको फोरममा बोल्दै घलेले भूकम्पपीडितका नाममा संकलित तर खर्च नभएको रकम एनआरएनएलाई प्रदान गर्न समेत आब्हान गर्नुभयो । उहाँले भन्नुभयो यो परियोजनाका लागि झण्डै पचास करोड लाग्नेछ । त्यसैले कतै रकम संकलन भएको छ भने हामीलाई विश्वास गर्नुहुन्छ भने त्यो रकम हामीलाई दिनुहोस्, हामी त्यो रकम भूकम्पपीडितका लागि मोडल भिलेज बनाउनेमा खर्च गर्नेछौं ।

आफूहरुले भूकम्पपीडितका लागि घर बनाउनेमात्र नभई मोडल भिलेज बनाउने पनि घलेले जानकारी दिनुभयो । मोडल भिलेज बनाउनका लागि विभिन्न श्रोतहरु परिचालन गर्ने भएकाले घर झण्डै ६ लाख मूल्य बराबरको हुने भएपनि त्यसका लागि साढे २ लाख मात्र खर्च गर्ने उहाँले जानकारी दिनुभयो ।

सेप्टेम्बरको अन्त्य सम्ममा भूकम्पपीडितका घर निर्माणका लागि गुरुयोजना निर्माण गर्ने र त्यसलाई पुननिर्माण प्राधिकरणले स्वीकृत गरेपछि भूकम्पपीडितका लागि घर निर्माण प्रकृया अगाडि बढ्ने घलेले जानकारी दिनुभयो । सरकारले भूकम्पपीडितलाई नयाँ जग्गाको लालपुर्जा दिएपछि घर बनाउने काम सुरु गर्ने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म सरकारको मार्गनिर्देश अनुशार कसैले पनि घर बनाउन सुरु नगरिसकेको र अहिलेसम्म बनाइएका घरहरु दीर्घकालिन नभएकाले दीर्घकालिन रुपमा घर निर्माणको काम सबैभन्दा पहिले एनआरएनएले गरेर देखाउने उहाँले बताउनुभयो । भूकम्पपीडितका घर बनिसकेपछि मात्र होइन, बनाउने प्रकृया पनि मोडल बनाउने उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com