मेरिल्याण्ड दुर्घटनामा ज्यान गुमाएका बराइलीका परिवारलाई सहयोगका लागि आर्थिक अभियान


प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा ज्यान गुमाएका म्याग्दीका सुनिल बराइलीको परिवारको सहयोगका लागि गोफण्डमीमा सहयोग अभियान संचालन गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन मोना अमेरिकाले फण्डरेज अभियान सुरु गरेको हो ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

शनिबार विहान सबा १२ बजे भएको दुर्घटनामा उबर चालक बराइलीको घटनास्थलमा नै निधन भएको हो । विपरित दिशाबाट आएको गाडीले सुनिलको गाडीमा ठक्कर दिएको थियो ।

ठक्कर दिने गाडी एकसय माइल प्रतिघण्टाको हाइस्पीडमा रहेको थियो । ठक्कर दिने गाडी हाकिरहेका व्यक्तिको पनि निधन भएको छ भने सुनिलको गाडिमा रहेका अन्य यात्रु घाइते भएका छन् । बराइलीको गाडीमा दुईजना यात्रु रहेका थिए ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । तर अवस्था गम्भिर रहेको जनाइएको छ । पोष्टमार्टम पछि आइतबार दिउसो सुनिलको शव परिवारको स्वीकृति बमोजिम फ्युनरल होममा राखिएको जनाइएको छ ।

अन्तिम संस्कारको लागि प्रकिया सुरुभैसकेको छ भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनिलका श्रीमती, छोरा र छोरी हालैमात्र अमेरिका आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com