व्यक्तिगत कठिनाइबारे पहिलो पटक बोल्दै रुसका राष्ट्रपति पुटिनले भने,’आर्थिक संटक टार्न ट्याक्सी चलाउँथे’


प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार

विश्व राजनीतिक रंगमञ्चमा प्रभावशाली व्यक्तिको सूचीमा पर्ने एउटा हो-भ्लादिमिर पुटिन । पुटिन रुसका राष्ट्रपति समेत हुन् । उनको कार्यकालमा रुसले निकै प्रगति गरेको छ । उनीले एक अन्तर्वार्तामा राति लुकेर ट्याक्सी चलाउने गरेको बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् १९९१ मा सोभियत संघ टुटेकोमा आफ्नो दुःख जाहेर गर्दै त्यतिबेला आफूले पैसा कमाउन ट्याक्सी ड्राइभरको समेत काम गरेको बताएका छन् । ‘सोभियत टुक्रिएपछि रुसमा आर्थिक संकटको पहाड खडा भएको थियो, जसका कारण रुसी नागरिकले पैसा कमाउन नयाँ उपाय अपनाउनु परेको थियो ।

सोभियतको विघटनबारे पुटिनले यसअघि पनि बयान दिँदै आइरहे पनि आफ्नो व्यक्तिगत कठिनाइबारे भने उनको विचार पहिलो पटक सार्वजनिक भएको हो ।  रसिया, ल लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा  बोल्दै  भनेका छन्, ‘‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु परेको थियो, मैले ड्राइभरको रुपमा कार चलाएर कमाइने थप पैसा भन्न खोजेको हुँ । यो कुरा गर्दा नराम्रो लाग्न सक्छ तर यो साँचो हो ।’

पुटिनले भने,’त्यतिबेला ट्याक्सी निकै दुर्लभ थियो । त्यही भएर मानिसहरु पैसा कमाउन अनजान व्यक्तिहरुलाई यात्राको लागि भाडामा आफ्नो ट्याक्सी दिन्थे । केहीले एम्बुलेन्सलाई पनि ट्याक्सी बनाएर चलाउँथे ।’

पुटिनलाई सोभियत संघको जासुसी एजेन्सी केजीबीको एक पूर्व एजेन्टको रुपमा चिनिन्छ । तर, सन् १९९० को सुरुवातमा उनी सेन्ट पिट्सबर्गका मेयर एनाटोली सोबचकको कार्यालयमा काम गर्थे । सन् १९९१ मा सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभको सत्ता पल्टिएपछि उनले राजीनामा दिएका थिए । सत्ता पल्टिएपछि सोभियत संघ टुक्रिएको थियो । बीबीसीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com