मेरिल्याण्डमा भएको दुर्घटनामा उबर चालक म्याग्दीका सुनिल बराइलीको निधन


प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा म्याग्दीका सुनिल बराइलीको निधन भएको छ । शुक्रबार राती अर्थात् शनिबार विहान सबा १२ बजे भएको दुर्घटनामा बराइलीको निधन भएको मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले जनाएका छन् ।

विपरित दिशाबाट आएको गाडीले सुनिलको गाडीमा ठक्कर दिएको थियो । ठक्कर दिने गाडी एकसय माइल प्रतिघण्टाको हाइस्पीडमा रहेको थियो । ठक्कर दिने गाडी हाकिरहेका व्यक्तिको पनि निधन भएको छ भने सुनिलको गाडिमा रहेका अन्य यात्रु घाइते भएका छन् । उबर चालक बराइलीको गाडीमा दुईजना यात्रु रहेका थिए ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । तर अवस्था गम्भिर रहेको जनाइएको छ । पोष्टमार्टम पछि आज दिउसो सुनिलको शव परिवारको स्वीकृति बमोजिम फिनरल होममा राखिएको भण्डारीले जनाएका छन् ।

बराइलीको संस्कारको लागि प्रकिया सुरुभैसकेको छ भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनाहकमा ज्यान गुमाउन परेको यो घटनाले आफूलाई मर्माहत सगै निकै क्रोधित बनाएको भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सुनिलको भर्खर अमेरिका आएका श्रीमती, छोरा र छोरीलाइ भेटेर घटनाको बारेमा जानकारी गराउनु र सम्झाउनु सबैभन्दा पीडादायी रहेको भण्डारीको भनाई छ । उनको न्यायका लागि आफूले कुनै कसर बाकी नराख्ने भन्दै भण्डारीले परिवारप्रति गहिरो समबेदना र सुनिलको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com