साँझ ढल्दै जाँदा…….


प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार

ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो । साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो ।

पोखरीको पूर्वपट्टिको आली अर्थात् डिलमा बनेका मञ्चमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाजलगायतका बाजा गुञ्जिरहेको थियो । चम्किएको बत्तीले दुई पोखरीभित्र मध्यपुरथिमिमै पहिलोपटक आयोजना गरिएको खुला सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले लाग्थ्यो सिङ्गो मध्यपुरथिमि गुञ्जयमान बनिरहेको छ ।

मध्यपुरथिमि नगरपालिकाको सहकार्य तथा मध्यपुर सङ्गीतप्रेमी समाजले मध्यपुरथिमिका दुईपोखरीमा शनिबार साँझ आयोजना गरेको ‘सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले’ मा बजेका सङ्गीतको धुनलाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरकै वरिष्ठ कलाकर्मी, सङ्गीतकर्मी, स्थानीयवासीले पोखरीको वरिपरि डिलमा बसेर मन्त्रमुग्ध भएर सुनिरहनुभएको थियो ।

शास्त्रीय तथा भक्ति सङ्गीतको संरक्षण एवं जगेर्ना गर्ने, यहाँका नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउने, मध्यपुरथिमिभित्र रहेका विभिन्न लय र भावका दाफा भजनको संरक्षण गर्ने उद्देश्यका साथ ऐतिहासिक सम्पदामा आयोजना गरेको कार्यक्रमले मध्यपुरथिमि कला, संस्कृति, सम्पदाले मात्रै नभई सङ्गीतले पनि परिपूर्ण छ भन्ने पुष्टि गरेको बताउनुहुन्छ नगरपार प्रमुख श्रेष्ठ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई पोखरीमात्रै नभई शङ्खधर चोकस्थित शङ्खधर पार्क, बालकुमारी, निगु पुखुः, नगदेश, बोडेबाट कुमारी पार्कसम्म अहिले गीत, सङ्गीतदेखि विभिन्न कार्यक्रम गर्ने आकर्षक थलो बनेको, विभिन्न फिल्म तथा म्युजिक भिडियो निर्माणको केन्द्र बनेको जनाउँदै उहाँले आन्तरिक पर्यटनको विकासमा यो चार वर्षका अवधिमा ठूलो फ्ड्को मार्न सफल भएको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठ भन्नुभयो, “यहाँका बासिन्दाले देखिरहनुभएको छ, चार वर्ष अगाडि मध्यपुर कस्तो थियो, यहाँका सम्पदा कहाँ र कस्ता थिए, आज कस्तो भएको छ, भित्री गल्ली–गल्ली र टोल–टोलमा रहेका मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षण, भित्री तथा बाहिरी सडक, ढल, खानेपानीका समस्या समाधान गर्दै मध्यपुरथिमिको पहिचान बदल्न सफल भएको छु, भन्ने लाग्छ ।”

“पानी चुहिने जीर्ण २५ वटा पाटी आज सुन्दर स्वरुपमा परिणत मात्रै भएका छैनन्, हरेक साँझ दाफा भजनले गुञ्जयमान हुन थालेका छन्, पुरिएका जीर्ण इनार, झारले छोपिएका ऐतिहासिक ढुङ्गे धारा, पुररिएका र खेलमैदान भएका पोखरीले पुनःजीवन पाएका छन्, फोहर फाल्ने पाखो सुन्दर उद्यानमा परिणत भएका छन्, वर्षौँ बन्द भएका ऐतिहासिक नाच एवं पर्व जीवित भएका छन्, मन्दिरबाट बिहारसम्म, पाटीबाट दरबारसम्म बलिया भएर उठेका छन्, जनप्रतिनिधि भएर आएपछि त्यही नै हाम्रो सफलता हो”, उहाँ भन्नुभयो ।

कार्यक्रममा शास्त्रीय गायनतर्फ निर्जल डङ्गोल, आर्जन डङ्गोल र निमेश कपालीको संयुक्त तबला बादन, श्री केसीको गायन, इशरान बाजामा सन्तोषभक्त श्रेष्ठ, परवाज बाजामा मिलेष तन्डुकार र तानपुरामा सुनिल शाहीले शास्त्रीय सङ्गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै मध्यपुरथिमिका स्थानीय १२ वटा समूहले विभिन्न १२ वटा भक्तिसङ्गीत तथा तीनवटा शास्त्रीय सङ्गीत प्रस्तुत गर्नुभएको थियो ।

मध्यपुर सङ्गीतप्रेमी समाजका अध्यक्ष हरिसुन्दर लाखे श्रेष्ठले यहाँको सङ्गीतलाई जगेर्ना गर्न र यहाँका गाउने तरिकाका बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो । यहाँका दाफा भजनमा पुरानो पुस्ता, नयाँ पुस्तादेखि महिलासम्मको उत्तिकै लगाब र सहभागिता रहने गरेको बताउँदै उहाँले यसको विकास र संरक्षणका लागि पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com