फेसबुक खोल्न बित्तिकै आफुलाई थप्पड हान्न महिला कर्मचारी नियुक्त !


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

सोसल मिडिया प्लेटफर्मको लतबारे जो पनि जानकार छन् तर एक व्यक्तिले यो लतबाट छुटकारा पाउनका लागि सन् २०१२ देखिनै एक महिलालाई जागिरमा राखेका छन् । यी व्यक्तिले फेसबुक खोल्ने बित्तिकै उनलाई ती महिलाले थप्पड हान्छिन् । महिलाको यो अचम्मको जागिरमा संसारका सबैभन्दा धनी एलन मस्कले आफ्नो प्रतिक्रिया दिएका छन् ।

वास्तवमा, भारतीय–अमेरिकी उद्यमी मनिष सेठीले फेसबुक खोल्दा हरेक पटक उनलाई थप्पड हान्नका लागि एक महिलालाई जागिरमा राखेका हुन् । लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा उनलाई थप्पड हान्नका लागि ८ डलर प्रति घण्टाका लागि काममा राखे ।

मनिष सेठीले सन् २०१२ देखि नै महिलालाई जागिरमा राखेका हुन् तर यसको चर्चा आज यसकारण भइरहेको छ किनभने ९ वर्षपछि टेस्लाका सीइओ एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन् । सेठीले सन् २०१२ को विज्ञापनमा लेखेका थिए, ‘जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्नुपर्नेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनिष सेठीले शंका व्यक्त गर्दै मस्कको प्रतिक्रियामाथि प्रतिक्रिया व्यक्त गरे । सेठीले कारालाई थप्पड हानेर उनको काम गर्ने क्षमता बढाउन मद्दत गरेको श्रेय दिएका थिए । उनले भनेका थिए, ‘धेरैजसो समयमा मेरो औसत काम गर्ने क्षमता लगभग ३५–४० प्रतिशत थियो । जबदेखि कारा मेरो नजिक बसेकी छिन् मेरो क्षमता बढेर ९८ प्रतिशत भयो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com