नेपालमा भूकम्पपीडितका लागि १ हजार घर निर्माणका लागि एनआरएनको खातामा संकलित रकममा झण्डै १ करोड ब्याज थपिएको जनाइएको छ । न्युजर्सीमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनमा भूकम्पपछिको पुननिर्माण सम्बन्धि फोरममा बोल्दै एनआरएनएका प्रवक्ता रञ्जु वाग्ले थापाले भूकम्पपीडितका लागि घर बनाउनका लागि बैंकमा राखिएको रकममा झण्डै १ करोड ब्याज थपिएको जानकारी दिनुभएको हो ।
अब छिट्टै भूकम्पपीडितका लागि घर निर्माणकार्य सुरु हुने जानकारी दिदै उहाँले भूकम्पपीडितका लागि घर बनाउन ३९ करोड रुपैयाको प्रतिबद्धता आएकोमा झण्डै झण्डै साढे ३५ करोड संकलन भएको उहाँले जानकारी दिनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।