ट्राफिक जरिवाना तिरेपछि कारबाहीस्थलबाटै कागजपत्र लिन पाइने,मापसेको लागि पुरानै नियम


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताउनुभयो ।

“पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो ।

उक्त सेवाको सुरुआत गरेसँगै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीवापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com