विना भिसा हिडेर अमेरिका आउँदै गरेका दाङका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु


प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार

विना भिसा अमेरिका आउँदै गरेका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु भएको छ । बाटोमा नै बिरामी भएका उनको सोमबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विना भिसा अमेरिकी सिमाक्षेत्रबाट प्रवेश गर्ने गराउने दलालको आश्वासन अनुशार दलाललाई लाखौं रकम बुझाएर आउँदै गरेका उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने लक्षण देखिएका थिए । त्यसपछि आइतबार बेलुका दलालले उनका लागि होटलको बन्दोबस्त गरेका थिए ।

सोमबार विहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए । त्यसपछि उनलाई मृत घोषणा गरिएको जनाइएको छ । उनको के कारणले मृत्यु भएको हो भन्नेबारे अझै केही खुलेको छैन ।

बोहरा दाङको तुल्सीपुर ३ का रहेको जनाइएको छ । विना भिसा अमेरिका प्रवेशका लागि दलाललाई लाखौं रकम बुझाएर हिडेर आउने कैयन नेपाली युवाहरुले बाटोमा ज्यान गुमाउने गरेका घटनाहरु उल्लेख्य रहेका छन् ।

गत जुनमा क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका थिए । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका प्रवेशका लागि हिडेका नेपालीसहितका आप्रवासी चढेको डुंगा दुर्घटना भएको थियो ।

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार गरिएको थियो भने सात नेपाली समुन्द्रमा बेपत्ता भएका थिए ।

क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको थियो । डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com