एनआरएनए भवन निर्माणका लागि १९ करोड ६४ लाखको प्रतिबद्धता, तर साढे ९ करोड मात्र संकलन


प्रकाशित मिति : भाद्र ११, २०७३ शनिबार

काठमाडौंमा एनआरएनको भवन निर्माणका लागि रकम संकलन अभियानका क्रममा प्रतिबद्धताको ५० प्रतिशत भन्दा कम रकम संकलन भएको जनाइएको छ । अमेरिकाको न्युजर्सीमा जारी एनआरएनएको नबौं क्षेत्रीय सम्मेलनमा बोल्दै सम्मेलनका संयोजक एवं एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले प्रतिवद्धता अनुशारको रकम संकलन नभएको जानकारी दिनुभयो ।

उहाँले प्रतिबद्धता जनाएर रकम नदिनेहरुलाई यथाशक्य रकम प्रदान गर्नका लागि अनुरोध समेत गर्नुभयो । नवौं क्षेत्रीय सम्मेलनमा एनआरएनए भवन निर्माणको सन्दर्भमा आयोजित फोरममा बोल्दै लामाले एनआरएनको भवन निर्माणका लागि १९ करोड ६४ लाख रुपैयाको प्रतिवद्धता प्राप्त भएकोमा झण्डै साढे ९ करोडको हाराहारीमामात्र रकम संकलन भएको जानकारी दिनुभयो ।

लामाले एनआरएनएको भवन निर्माणका सन्दर्भमा भइरहेको प्रगतिबारे पनि जानकारी दिनुभएको थियो । एनआरएनले किनेको जग्गा पर्ती जग्गा रहेको भन्ने आरोप अस्वीकार गर्दै लामाले जग्गाको लालपुर्जासमेत प्रोजेक्टरमा देखाउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com