अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट सोलुखुम्बुका शेर्पाको निधन


प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट एकजना नेपालीको निधन भएको छ । न्युयोर्कमा बस्दै आएका आङकामी शेर्पाको आइतबार विहान झण्डै साढे ६ बजे न्युजर्सीमा गाडीको ठक्करबाट निधन भएको जनाइएको छ ।

सोलुखुम्बु स्थायी घर भएका शेर्पालाई सडकमा पैदल हिडिरहेको बेला गाडीले ठक्कर दिएको जनाइएको छ । उनी सोलुखोम्बुको तत्कालिन टाप्टिङ गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

उनले न्युजर्सीको वेष्ट विन्डसरमा स्क्वायर नजिकै युएस १ पार गर्न खोज्दा गाडीले ठककर दिएको जनाइएको छ । ६४ बर्षका शेर्पालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो । ३१ बर्षकी महिलाले चलाएको गाडीबाट उनको मृत्यु भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि उक्त सडक झण्डै ३ घण्टाका लागि बन्द गरिएको थियो । प्रहरीले घटनाबारे थप जानकारी भएमा आफूलाई उपलब्ध गराउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

उनी १२ बर्ष देखि परिवार सहित अमेरिका बस्दै आएको जनाइएको छ ।आफ्ना काका भाईको दुर्घटनामा निधन भएको भन्दै एसी शेर्पाले सामाजिक सञ्जालमार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com