न्युयोर्क निवासी २१ बर्षीया नेपाली विद्यार्थी सुश्मा अर्यालले न्युयोर्कलाई साङलामुक्त बनाउन अभियान थालेकी छिन् । उनले बनाएको औषधीको न्युयोर्कका केही स्थानमा परिक्षण गर्दा साङला उन्मुलन भएको पाइएपछि न्युयोर्कलाई साङलामुक्त बनाउन अभियान थालिएको हो ।
न्युयोर्कलाई साङलामुक्त बनाउन गोफण्डमीमा ५० हजार डलर संकलनको लक्ष्यसहित अर्यालले अभियान थालेकी छिन् । ५० हजार डलर संकलन भइसकेपछि न्युयोर्कका २ हजार घरलाई साङलामार्ने औषधी निशुल्क प्रदान गरिने छ । नेपालकै घरेलुप्रविधिबाट बनाइएको साङलामार्ने औषधीको प्रयोग सफल भएमा व्यवसायिक रुपमा अगाडि बढ्ने उनको योजना रहेको छ ।
नेपालमा रहेको उनको घर परिवारले साङलामार्न प्रयोग गरेको घरेलु औषधी नै न्युयोर्कमा पनि साङलामार्न प्रयोग गरिने भएको छ । न्युयोर्कमा रहेको थकाली किचनमा यो औषधी प्रयोग गर्दा साङला उन्मुलन भएपछि अर्यालले अभियान थालेकी हुन् । न्युयोर्कमा अधिकांश घरपरिवारहरु साङलाको प्रकोपबाट पीडित छन् ।
बजारमा पाइने विभिन्न औषधीको प्रयोगबाट समेत साङला नहटेको सन्दर्भमा अर्यालको यो प्रयास उपयोगी हुने अपेक्षा गरिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।