ओमिक्रोन: ‘भ्याक्सिन कम प्रभावकारी हुनसक्छ’ -मोडेर्ना सीईओ, ‘चक्कीले काम गर्छ’ -फाइजर सीईओ


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

कोरोनाबिरुद्धको भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाका सीईओले ओमिक्रोन भेरियन्टबिरुद्ध भ्याक्सिन कम प्रभावकारी हुनसक्ने चेतावनी दिएका छन् । विगतका कोरोनाका भेरियन्टमा जत्तिकै ओमिक्रोनमा पनि भ्याक्सिन प्रभावकारी हुने सम्भावना कम रहेको मोडेर्नाका सीईओ स्टीफन बन्सेलले बताएका छन् ।

प्रभावकारिता कति कम हुने भन्नेबारे अहिले नै बताउन नसकिने तर आफूले कुरा गरेका वैज्ञानिकहरुका भनाईमा आधारित भएर भन्दा प्रभावकारिता कम हुनसक्ने उनले चेतावनी दिएका हुन् । भ्याक्सिनको प्रभावकारितामा कम आएमा बिरामी हुने र अस्पताल भर्ना हुने दरमा बृद्धि हुनसक्ने अनुमानहरु गरिएको छ ।

प्रोटिन स्पाइकमा उच्च संख्यामा उत्परिवर्तनको अर्थ अहिलेको कोरोनाबिरुद्धको भ्याक्सिनमा संसोधन गर्नुपर्ने हुनसक्ने बन्सेलले बताएका छन् । यसअगाडि उनले ओमिक्रोन भेरियन्टबिरुद्धको भ्याक्सिन बजारमा ल्याउन केही महिना लाग्नसक्ने बताएका थिए । मोडेर्नाले जनवरीसम्म ओमिक्रोनबिरुद्ध काम गर्नसक्नेगरी भ्याक्सिन परिमाजर्न गर्नसक्ने बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच फाइजरका सीईओले भने कोरोनाको उपचारका लागि बनाइएको चक्कीले ओमिक्रोन भेरियन्टबिरुद्धपनि काम गर्ने विश्वास व्यक्त गरेका छन् । ओमिक्रोन भेरियन्टबिरुद्ध भ्याक्सिन बनाउन सुरु गरिसकेको र एकसय दिनमा तयार हुने बताएको फाइजरले चक्कीले पनि काम गर्ने उच्च विश्वास व्यक्त गरेको हो ।

फाइजरले खाने चक्कीलाई प्रयोगको स्वीकृतिका लागि यसैमहिनाको सुरुमा एफडीएसमक्ष आवेदन दिएको थियो । क्लीनिकल परीक्षणमा १८ बर्षभन्दा माथिकाहरुमा फाइजरको खानेचक्की अस्पताल भर्ना हुने र मृत्युदर रोक्न ८९ प्रतिशत प्रभावकारी देखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com