प्रकाश थापाको नेतृत्वमा नेपाली युवा उद्यमीले भेटे क्यालिफोर्नियाका कंग्रेसम्यान


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेसम्यान इरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन र नेपाललाई अंतरष्ट्रिया डिजिटल मीडिया मार्फ़त प्रचार प्रसार माँ सघाउन आग्रह गरेका छन् ।

अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा ब्यवसायी शुसिल पोखरेल र ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान तामाङसहितको प्रतिनिधि मण्डलले अमेरिकाको प्रतिनिधि सभाको सदस्य रहेका एरिकलाई भेटेर नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रचुर अबसर रहेको बताएका थिए ।

त्यस अबसरमा युवा ब्यवसायी पोखरेलले नेपालमा विशेषगरी जलविद्युत र पूर्वाधारका क्षेत्रमा लगानीको धेरै अबसर रहेको जानकारी गराए । उनले सांसद एरिकलाई दुई सरकारबीच लगानी आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सांसद इरिकले नेपालजस्ता विकासोन्मुख मुलुकमा अमेरिकी लगानी भित्र्याउन सघाउन पाउँदा आफूलाई खुशी लाग्ने बताए । उनले दुई बर्षअघि नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले सक्रियतापूर्वक खेलेको भूमिकको स्मरण गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरिक डेमोक्रेटिक पार्टीबाट प्रतिनिधित्व गर्ने युवा सांसद हुन् । उनले अमेरिकाको क्यालिफोर्नियाको १५ औं संसदीय क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन जितेका थिए । त्यस अबसरमा नेपाली अबैतनिक पर्यटन दूत थापाले सांसद एरिकलाई नेपालीको पहिचान ढाका टोपी पहिर्याइ दिएका थिए । उनले नेपाली संस्कृतिबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न सांसद एरिकलाई आमन्त्रण गरेका थिए ।

युवा ब्यवसायी पोखरेलसहितको टोली अमेरीकी लगानीकर्ताहरुसँग लगानीका विविध क्षेत्रमा सहकार्य गर्नेबारे छलफल गर्न अहिले अमेरिका भ्रमणमा छ । अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्युयोर्क, वासिङ्गटन क्षेत्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिसँग भेटेर नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेको पोखरेलले बताए । पोखरेल नेपालमा जलविद्युत, पर्यटन, ट्रडिङ, हस्पिटालिटी, सफ्टवेयरलगायतको ब्यवसायमा संलग्न सुस्मित ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उनको टोलीले गत साता क्यालिफोर्नियास्थित नेपाली अबैतनिक महाबाणिज्य दूत ऋषि ढकाललाई भेटेर अमेरिकी लगानीकर्तालाई नेपाल लैजान सहजीकरण गर्न आग्रह गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com