ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत हुन ४२ महिनासम्म, कुन सर्भिस सेन्टरबाट कति समय ?


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदन लगायत अन्य आवेदनका सन्दर्भमा निर्णय दिन लाग्ने अवधिको गणना प्रणालीमा परिवर्तन गरेको छ । विगतमा १ महिनाको तथ्यांकमा आधारित रहेर ग्रिनकार्ड लगायतका आवेदनमा निर्णय दिन लाग्ने अवधि गणना गरिदै आएकोमा नोभेम्बर १ देखि ६ महिनाको तथ्यांकका आधारमा गणना गर्न थालिएको छ ।

क्यालिफोर्निया सर्भिस सेन्टरले रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे १५ महिनादेखि साढे २७ महिनासम्म लगाउने गरेको छ । जसको अर्थ ५० प्रतिशत आवेदनहरु साढे १५ महिनाभित्रको अवधिमा र ९३ प्रतिशत आवेदनहरुमा २९ महिनाभित्रको अवधिसम्म निर्णय दिने गरिएको छ ।

त्यस्तै नेब्रास्का सर्भिस सेन्टरले एसाएइलममा आधारित ग्रिनकार्डका लागि साढे १४ महिना देखि साढे ४२ महिना र रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे १० देखि २० महिना लगाउने गरेको छ ५० प्रतिशत आवेदनहरु सुरुको अवधिमा र ९३ प्रतिशत आवेदनहरुमा पछिल्लो अवधिसम्म निर्णय दिने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै टेक्सास सर्भिस सेन्टरले एसाइलममा आधारित ग्रिनकार्डका लागि साढे १४ देखि साढे ४२ महिनासम्म र रोजगारमा आधारित ग्रिनकार्डका लागि १० देखि २०१ महिनासम्म लगाउने गरेको छ ।

न्युयोर्कको न्युयोर्क सिटी फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि १० देखि साढे २० महिनासम्म र परिवारमा आधारित ग्रिनकार्डका लागि ११ देखि ३९ महिनासम्म लगाउने गरेको छ । बु्रकलिन न्युयोर्कको फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि ११ देखि साढे २६ महिना तथा परिवारमा आधारित ग्रिनकार्डका लागि १८ देखि ४२ महिना लगाउने गरेको छ ।

त्यस्तै न्युयोर्कको क्वीन्स फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि १० देखि २० महिनासम्म र परिवारमा आधारित ग्रिनकार्डका लागि साढे १६ देखि ३८ महिनासम्म लगाउने गरेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे ९ देखि साढे १३ महिना र परिवारमा आधारित ग्रिनकार्डका लागि १९ देखि ४२ महिनासम्म लगाउने गरेको छ ।

तपाईको ग्रिनकार्डको आवेदन अन्य फिल्ड अफिसमा छ भने यहाँ क्लिक गरेर लाग्न समय चेक गर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com