आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन कति समय? यस्तो अवस्थामा हराउनसक्छ!


प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार

आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन लाग्ने समयबारे कैयनमा अन्यौल रहेको छ । कतिपयले ९० दिनभित्र ग्रिनकार्ड पाउने गरेका छन् भने कतिपयले प्राविधिक त्रुटीका कारण लामो समयसम्म ग्रिनकार्ड पाउन सकेका छैनन् ।

यदि आप्रवासी भिसामा अमेरिका प्रवेश गरेको व्यक्तिले अमेरिका आउनु अगाडि नै आप्रवासी भिसा शुल्क तिरेको छ भने उक्त व्यक्तिले अमेरिका प्रवेश गरेको ९० दिनभित्र ग्रिनकार्ड प्राप्त गर्छ । जसको अर्थ कतिपयले एकमहिनाभित्रै पनि प्राप्त गर्न सक्छन् भने बढीमा ९० दिनसम्म लाग्नसक्छ ।

यदि आप्रवासी भिसामा अमेरिका प्रवेश गरेको व्यक्तिले अमेरिका प्रवेश गरेपछिमात्र आप्रवासी भिसा शुल्क तिरेको छ भने त्यस्तो व्यक्तिको ग्रिनकार्ड आउनमा ढिलो हुनसक्छ । अमेरिकाभित्र प्रवेश गरेको मितिले नभई उक्त व्यक्तिले आप्रवासी भिसा शुल्क तिरेको मितिले ९० दिनभित्र ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर यदि कोही व्यक्तिले आप्रवासी भिसामा अमेरिका आइसकेपछि पनि आप्रवासी भिसा शुल्क तिरेको छैन भने उसले उक्त शुल्क नतिर्दासम्म ग्रिनकार्ड प्राप्त गर्न सक्दैन । कतिपय व्यक्तिले थाहा नपाएरै यो शुल्क नतिरेका कारण ग्रिनकार्ड प्राप्त गर्न नसकेका उदाहरण्ण समेत छन् । आप्रवासी शुल्क तिर्नका लागि यहाँ क्लीक गर्नुपर्छ ।

यदि कोही व्यक्तिले आप्रवासी भिसा आवेदन फर्ममा फरक ठेगाना उल्लेख गरेको थियो तर अमेरिका आइसकेपछि अर्कै ठेगानामा गयो भनेपनि उसको ग्रिनकार्ड हराउन सक्ने सम्भावना रहन्छ । आप्रवासी भिसा आवेदन फर्ममा उल्लेख गरेकै ठेगानामा ग्रिनकार्ड जाने भएकाले आवेदक त्यहाा नबसेको खण्डमा उक्त ठेगानामा पुगेको ग्रिनकार्ड हराउन वा फिर्ता जान पनि सक्छ ।

त्यस्तै आवेदनमा ठेगाना अधुरो भएको खण्डमा पनि ग्रिनकार्ड हराउनसक्ने वा फिर्ता जानसक्ने सम्भावना रहन्छ । कहिलेकाँही ठेगानामा घर नम्बर गलत राख्ने वा अपार्टमेन्ट नम्बर उल्लेख नगर्ने गर्दा यस्तो समस्या हुने गरेको छ ।

ग्रिनकार्ड हराएको खण्डमा नयाँ ग्रिनकार्डका लागि आई ९० फर्म भर्न सकिन्छ । १० बर्षको ग्रिनकार्ड नविकरणका लागि साढे १२ महिनासम्म र हराएको वा च्यातिएको ग्रिनकार्डको सट्टामा नयाँ ग्रिनकार्ड प्राप्त गर्न साढे १६ महिनासम्म अवधि लाग्ने गरेको छ ।

गत नोभेम्बर १ देखि युएससीआईएसले कुनै पनि आवेदन प्रकृयामा लैजान लाग्ने अवधि ६ महिनाको तथ्यांकको आधारमा गणना गर्न थालेको छ । यसअगाडि मासिक तथ्यांकका आधारमा गणना गरिदै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com