ग्रिनकार्ड आवेदकको स्पोन्सरकर्ता आवेदक नागरिक नबन्दासम्म वा १० बर्ष जिम्मेबार हुनुपर्ने


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै पनि व्यक्ति अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्नेगरी आउने क्रममा यस्तो खालको स्पोन्सर आवश्यक हुन्छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा यस्तो स्पोन्सर आवश्यक पर्छ ।

स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आइसकेपछि अमेरिकी नागरिक नबन्दासम्म उक्त फर्म भर्ने स्पोन्सरकर्ता जिम्मेबार हुनुपर्छ । यदि स्पोन्सर गरिएको व्यक्ति अमेरिकी नागरिक नभएको खण्डमा कम्तीमा १० बर्ष अर्थात् कामको ४० क्वाटरसम्म जिम्मेबार हुन्छ ।

अमेरिकी अध्यागमन कानुनको २१३ ए र २१२ ए, ४ अनुशार स्पोन्सर गरिएको व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिएको खण्डमा त्यसको क्षतिपूर्ति सरकारले स्पोन्सरकर्ताबाट भराउन सक्नेछ ।

अमेरिकी नागरिकका बुबाआमा, दम्पत्ति, २१ बर्ष मुनीका अविवाहित छोराछोरी लगायत पारिवारिक ग्रिनकार्डमा कुनै पनि व्यक्ति अमेरिका आउँदा यस्तो फर्म भर्नुपर्छ । त्यस्तै रोजगारमा आधारित कुनै ग्रिनकार्ड प्राप्त गर्नेगरी आउँदा पनि यस्तो फर्म भर्नु आवश्यक हुन्छ ।

सहयोगको प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुको अर्थ तपाईले स्पोन्सर गरिएको व्यक्तिको सम्पूर्ण आर्थिक जिम्मेबारी लिनु हो । सामान्यता ४० क्रेडिट क्वाटर अर्थात् १० बर्षसम्म वा उक्त व्यक्ति अमेरिकी नागरिक नबन्दासम्म यस्तो जिम्मेबारी कायम रहन्छ ।

स्पोन्सर गरिएको व्यक्तिको मृत्यु भएमा वा ग्रिनकार्ड त्यागेर अमेरिकाबाट बाहिर गएमा भने त्यस्तो जिम्मेबारी समाप्त हुन्छ । तर डिभोर्स भएको खण्डमा मात्र भने स्पोन्सरसिपको जिम्मेबारी समाप्त हुँदैन । यदि कुनै व्यक्तिले आफ्नो दम्पत्तिका लागि स्पोन्सर गरेको छ तर पछि डिभोर्स भयो भने पनि आर्थिक जिम्मेबारी कायमै रहन्छ ।

स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा र स्पोन्सर गरेको व्यक्तिले उक्त रकम सरकारलाई नतिरेमा त्यस्ता स्पोन्सरकर्तालाई सरकारले अदालतमा उपस्थीत गराउनसक्नेछ । आवेदन दिएको स्पोन्सरकर्ताबिरुद्ध सरकारले मुद्दा नहालेको खण्डमा समेत ज्वाइन्ट स्पोन्सर गरेको व्यक्तिलाई रकम क्षतिपूर्तिका लागि सरकारले मुद्दा हाल्न सक्छ ।

यद्यपी स्पोन्सरकर्तासमक्ष रकम क्षतिपूर्तिका लागि सरकारले मुद्दा हालेको वा सरकारले रकम मागेको रेकर्ड भने छैन ।

थप जानकारीका लागि यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

स्पोन्सरकर्ताको आम्दानी कति चाहिन्छ ?

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा धेरै हुनुपर्ने बताइएको छ । पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भनेको कति हो ? यसबारे धेरैको जिज्ञासा र अन्यौल समेत देखिन्छ ।

नयाँ मापदण्ड अप्रिल १ बाट लागु भएको हो  । गतबर्षको तुलनामा यो बर्ष स्पोन्सर गर्दा आम्दानी बढी हुनुपर्ने बनाइएको छ । अर्थात् आम्दानीको मापदण्ड बढाइएको छ ।

अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ भने अरु ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग रहेको छ ।

४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताको परिवारका सदस्यहरुको संख्या आफूसहित २ रहेको छ भने उसको बार्षिक आम्दानी कम्तीमा २१ हजार ७ सय ७५ डलरभन्दा माथि हुनुपर्छ ।

त्यस्तै परिवारका सदस्यहरुको संख्या ३ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा २७ हजार ४ सय ५० डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ४ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ३३ हजार १ सय २५ डलर हुनुपर्छ ।

अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा भने अन्यको तुलनामा कम आम्दानी भएपनि हुन्छ ।

स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

४८ राज्यहरुमा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

परिवारका सदस्यहरुको संख्या ५ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ३८ हजार ८ सय  डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ६ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ४४ हजार ४ सय ७५ डलर हुनुपर्छ ।

परिवारका सदस्यहरुको संख्या ७ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ५० हजार १ सय ५० डलर हुनुपर्छ । परिवारका सदस्यहरुको संख्या ८ रहेको छ भने बार्षिक आम्दानी कम्तीमा ५५ हजार ८ सय २५  डलर हुनुपर्छ ।

त्यो भन्दा माथि हरेक एकजना परिवारका सदस्यका लागि ५ हजार ६ सय ७५ डलर डलर थप्दै जानुपर्छ ।

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

हवाईमा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अलास्कामा बस्नेहरुका लागि आम्दानीको मापदण्ड

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।

 

श्रोत :  युएससीआईएस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com