एमाले महाधिवेशनको उद्घाटनसभामा जे देखियो……


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर ज्यान जोगाउनै गाह्रो भयो । नेपालको मध्यभागमा पर्ने चितवनमा आज एमालेले नारायणी किनारमा निर्माण गरेको विशेष मञ्चमा देशका विभिन्न भागबाट एमालेका नेता कार्यकर्ता र जनसमुदायको उपस्थितिले एमालेका शीर्ष नेता उत्साहित भएका थिए ।

हरेक माघे सङ्क्रान्तिमा देवघाटमा हुने विशाल मेलामा व्यापक जनसहभागिता हुने गरे पनि पछिल्लो समय यहाँ यस प्रकारको जनसहभागितामा राजनीतिक कार्यक्रम भएको थिएन । दोस्रो जनआन्दोलनताका पछि सम्भवतः सबैभन्दा धेरै जनसहभागिताको कार्यक्रम आजको एमालेको महाधिवेशनको उद्घाटनसत्रमा देखिएको स्थानीयबासी बताउँछन् । सहभागी नरायणी पुल, नारायणी पारी, मञ्च नजिकका घरका छत र रुखमासमेत बसेर मञ्चतर्फ आँखा लगाइरहेका देखिन्थे ।

बिहानैदेखि विभिन्न ठाउँबाट आएका एमाले कार्यकर्ता र समर्थनक भरतपुर र नारायणगढ छिर्न थालिसकेका थिए, जसका कारण महानगरको सवारी व्यवस्थापन जटिल बनेको थियो । मध्यान्ह १२ बजेपछि भने नारायणीतिरमा एमालेको लाखौँको उपस्थितिमा जनसभा आरम्भ भयो । आएका सबैले मञ्चमा हेर्न र मच्च नजिक जान चाहने भएकाले सहभागीबीच घुइँचो देखिएको थियो ।

औपचारिक उद्घाटन हुनुपहिला मञ्चमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको टोलीबाट विविध जातजातिगत धुन र सांस्कृतिक प्रस्तुति दिन थालेका थिए । सभामा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेलिकोप्टरबाट अवतरण भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा स्वागतार्थ पुग्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमालेका नेता रामबहादुर थापाले स्वागत मन्तव्य दिएपछि अध्यक्ष ओलीले नेपालको झण्डा, पार्टीको निर्वाचन चिन्ह ९सूर्य० र कम्यूनिष्ट पार्टीको झण्डा फहराएर महाधिवेशनको भव्य उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवा लगभग पुरै अवधि बस्नुभयो भने शुभकामनाका क्रममा नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटीका सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताले शुभकामना मन्तव्य दिनुभयो । आम सहभागी सभामा एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले धन्यवाद र सञ्चालक पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले समापन भएको घोषणा नगर्दासम्म नरायणीतिरमा झुम्मिएका थिए ।

कार्यक्रममा पार्टीको आधिकारिक मुखपत्र नवयुग अनलाइनको अध्यक्ष ओलीले शुभारम्भ गर्नुभयो भने पार्टीसँग सम्बन्धित भिडियो, प्रेस चौतारी नेपाल, चितवनको स्मारिका र नयाँ गीतहरु विमोचन गरिएको थियो ।

अध्यक्ष ओलीले सम्बोधन गर्दै गर्दा कार्यकर्ताले समर्थनको ताली बजाएका थिए । उनीहरुले एमाले जिन्दावाद र केपी ओली आइलभयुजस्ता नारा लगाइएका थिए । अध्यक्ष ओलीले महाधिवेशनबाट देश र पार्टी हाँक्न सक्ने खालको नयाँ नेतृत्व चयन हुने जनाउनुभयो । उहाँले उच्चस्तरको समझदारी, एकता र लोकतान्त्रिक अभ्याससहित उदाहरणीय किसिमले बन्दसत्र सफल भई नयाँ नेतृत्व घोषणा हुने विश्वास व्यक्त गर्दै अबका दिनमा निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

जनसभामा चितवनका नगर र गाउँबाट विविध झाँकीसहित मानिसको उपस्थिति थियो । मानिसको भीडका कारण सवारी जाम हुँदा लामो दुरी पार गर्ने प्रभावित भएका थिए । कतिपय सहभागी भने सभा सकिएपछि मात्रै मञ्चमा पुगेका थिए । महाधिवेशमा स्वास्थ्यकर्मी र स्वयंसेवक टोली परिचालन गरिए पनि व्यापक जनसहभागिताका कारण उचित व्यवस्थापन गर्न पनि कठिन भएको थियो । सहभागीलाई पिउने पानी र शौचालयको असुविधा भएको थियो ।

एमालेका जिल्ला नेता राम न्यौपानेले दशौँ महाधिवेहनले चितवनमा कोभिडबाट प्रभावित पर्यटनसँगै यहाँको यातायात क्षेत्रसमेतमा सकारात्मक प्रभाव परेको बताउनुभयो । न्यौपानेले सौराहामा रु १० करोड र भरतपुर क्षेत्रमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने विश्वास लिइएको छ ।

नेपाली कांग्रेसका जिल्ला नेता प्राडा सूर्यकान्त घिमिरे एमालेको महााधिवेशन चितवनमा हुनु सकारात्मक भएको र नेपालको बहुलवादी संस्कृतिलाई आत्मसाथ गर्न सक्ने संस्कृतिलाई महाधिवेशनले बोक्न सकोस् भन्ने कामना गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार डा घिमिरेले देश निर्माणका लागि सहमति, सहकार्य र एकतालाई प्रवद्र्धन गर्न सक्ने राजनीतिक कार्यसूचीमा एमाले आउनुपर्ने बताउनुभयो ।

सभालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्चाधिकारीको टोली परिचालित थियो । सबै निकायका गरेर एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । महाधिवेशनका कारण चितवन र नवलपरासीको कावासोतीसम्मका अधिकांश होटेल बुक भएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com