Follow @khasokhasmag

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ ।

अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा रहेका एसाइलम आवेदनको अन्तरवार्ता छिटो सार्नसकिने उपायहरुबारे सुझाव दिएका छन् ।

तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने ग्यारेन्टी भने हुँदैन । यद्यपी प्रयास गर्न चाँही किन नछाड्ने ? कानुन व्यवसायी जुबोको सुझाव छ ।

यदि तपाईको स्वास्थ्यमा समस्या छ भने तपाईले आफ्नो आवेदनलाई अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यस्तै तपाईको परिवार खासगरी दम्पत्ति वा बच्चाबच्ची तपाईदेखि अलग छन् र उनीहरुलाई सुरक्षाको खतरा छ भने तपाईले आवेदन अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

तपाईको बलियो कारण नभएपनि तपाईले आफ्नो आवेदन अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुन्छ । कतिपय भाग्यशाली आवेदनहरु यस्तो अनुरोधपछि अगाडि सारिएका कैयन उदाहरणहरु छन् ।

तपाईले एसाइलमको स्थानीय अफिसमा सम्पर्क गरेर आफ्नो नाम सर्ट लिस्टमा राख्न लगाउन सक्नुहुन्छ । तर यसो गर्दा कुनै पनि बेला तपाईलाई अन्तरवार्ताका लागि बोलाइन सक्ने भएकाले सबै कागजात तयारी अवस्थामा राख्न जरुरी छ ।

परिवारलाई सुरक्षा खतरा रहेको प्रहरी रिपोर्ट वा अन्य प्रमाण भने तपाईले सुरक्षित तरिकाले राख्नुपर्छ । तपाईको बच्चाबच्ची विद्यालय जान सकेको छैन भने विद्यालयका तर्फबाट त्यस्तो पत्र वा प्रमाण पेश गर्न सकिन्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com