न्युयोर्कमा मासिक २७ सय भन्दा कम आम्दानी हुनेलाई तातोका लागि सहायता उपलब्ध गराइने


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

न्युयोर्कमा मासिक २७२९ डलरभन्दा कम आम्दानी हुने व्यक्तिलाई यसपटकको चिसो मौषममा तातोका लागि सहायता उपलब्ध गराइने भएको छ । २ जनाको परिवार छ भने ३५६९ र ३ जनाको परिवार छ भने ४४०९ डलरभन्दा कम आम्दानी हुनेहरुले यस्तो सहायता प्राप्त गर्न सक्नेछन् ।

५२४९ भन्दा मासिक कम आम्दानी हुने ४ जनाको परिवार, मासिक ६०९९ भन्दा कम आम्दानी हुने ५ जनाको परिवार, मासिक ६९२८ भन्दा कम आम्दानी हुने ६ जनाको परिवार यो कार्यक्रमका लागि योग्य हनेछन् । सदस्यसँग एकजना थपिदै जाँदा आम्दानी ५६८ डलर थप्दै गणना गर्नुपर्नेछ ।

ताप सहायताका लागि आवेदन खुलिसकेको छ भने रकम नसकिंदासम्म चिसो मौषमभर आवेदन लिइनेछ । विद्युत, प्राकृतिक ग्यास, तेल, कोइला, काठ, मट्टीतेल लगायतले घर तताउनेहरुका लागि यो सहायता उपलब्ध हुनेछ । विद्युत र ग्यासको बिल चिसो मौषममा उच्च हुने भएकाले यस्तो सहायता उपलब्ध गराउन लागिएको हो । आगामी जनवरी ३ बाट सहायता उपलब्ध गराइनेछ ।

घरको परिवारको सदस्य अमेरिकी नागरिक, गैर नागरिक नेशनल वा योग्य आप्रवासी रहेको खण्डमा यस्तो सहायता प्राप्त गर्न सकिनेछ । आवेदन दिंदा परिवारका हरेक व्यक्तिको सोसल सेक्युरिटी नम्बर दिनुपर्नेछ । आफ्नै घर हुनेहरु, भाडामा बस्नेहरु, बैंकमा रकम हुनेहरु समेत यो कार्यक्रमका लागि योग्य हुनेछन् । अर्थात् मासिक आम्दानी तोकिएभन्दा कम भएका तर बैंक वा स्टकमा रकम हुनेहरुले समेत कार्यक्रमका लागि योग्य हुनेछन् ।

न्युयोर्क सिटीभित्र बस्नेले आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्क सिटीभित्र बस्नेले हुलाकबाट आवेदन पठाएर, २१२ ३३१ ३१२६ मा फोन गरेर वा नजिकैको हेप कार्यालयमा गएर आवेदन दिनसक्नेछन् । नजिकको कार्यालय थाहा पाउन यहाँ क्लीक गर्नुहोला । 

न्युयोर्क सिटीबाहिर बस्ने न्युयोर्क राज्यका बासिन्दाहरुले राज्यको वेवसाइटमा गएर आवेदन दिनसक्नेछन् । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

आवेदन दिंदा भाडा तिरेको रिसिप्ट ठेगानासहित, लिज सहमति ठेगानासहित, युटिलिटी बिल, आफ्नै घर भएमा घरमालिकको इन्सुरेन्स, मोर्गेज पेमेन्ट, हालैको पे स्टब, परिचय पत्र लगायतका कागजातहरु उपलब्ध गराउनुपर्नेछ ।

योग्य भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

पहिलोपटक आवेदन दिनेले यहाँ क्लीक गर्नुहोला ।

पहिले एकाउन्ट भइसकेकाहरुले यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com