तपाईका यी गैरआप्रवासी भिसाको अवधि सकिदैछ? अनलाइनबाटै दिनुहोस् आवेदन


प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार

यदि तपाई अमेरिकामा निश्चत प्रकारका एच, एम, एफ, बी भिसामा हुनुहुन्छ र तपाईको भिसाको अवधि सकिन लागेको छ भने तपाईले भिसा थप्नका लागि अनलाइनबाटै आवेदन दिनसक्नुहुनेछ । अनलाइनबाटै आवेदन दिंदा कागजी आवेदनको तुलनामा प्रकृयाका लागि छिटो लाइनमा बस्ने र कागजीपत्र विना नै सिधा सम्पर्क हुने युएससीआईएसले जनाएको छ ।

भिसा थप्नका लागि वा स्टाटस परिवर्तन गर्नका लागि आवश्यक फर्म आई ५३९ अनलाइनमार्फत नै भर्न सकिन्छ । तर त्यसका लागि सहआवेदक वा कानुनी प्रतिनिधि नभई आफै एकल आवेदकका रुपमा फाइल गर्नुपर्नेछ । सहआवेदक हुनेले र भविश्यमा कानूनी प्रतिनिधि आवश्यक पर्नेले भने कागजी रुपमा फाइल गर्नुपर्छ ।

बी वान र बी टु भिसामा रहेका एकल आवेदकले भिसाको अवधि थप्न अनलाइनबाट आवेदन दिनसक्छन् । तर परिवारका सदस्यहरुको एकैपटक भिसा थप गर्नुपर्नेछ भने कागजीरुपमा फाइल गर्दा एउटा शुल्कलेमात्र हुनेछ । अनलाइनबाट फाइल गर्दा भने हरेकको फरक फरक शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै विद्यार्थी भिसा एफवान वाहक तथा उनीहरु एफ टु डिपेन्डेन्टको भिसा सकिने निश्चित मिति तोकिएको छ भने उनीहरुले अनलाइनमार्फत भिसा थप्नका लागि आवेदन दिनसक्छन् । एचफोर, एम वान र एम टु भिसा वाहकले पनि अनलाइनमार्फत आवेदन दिनसक्छन् ।

एच फोर, एफ टु र एम टु भिसा वाहकको हकमा उनीहरुमो भिसा सकिने मिति प्राथमिक भिसा वाहकको तुलनामा फरक छ भने उनीहरुले अनलाइनमार्फत एकल आवेदन दिनसक्नेछन् । तर एउटै छ भने सहआवेदकका रुपमा कागजी फाइल गर्नुपर्नेहुन्छ ।

अनलाइनबाट आवेदन दिंदा सहजै अनलाइनमै आवदेन भर्न र पठाउन सकिन्छ भने शुल्कपनि अनलाइनबाटै तिर्न सकिन्छ । आवेदन प्राप्त गरिसकेपछि युएससीआईएसले बायोमेट्रिकका लागि मिति तय गरेर पत्र पठाउँछ । आफ्नो आवेदनको अवस्था अनलाइनबाटै चेक गर्न सकिन्छ भने ठेगाना पनि परिवर्तन गर्न सकिन्छ । त्यतीमात्र नभई थप कागजात पनि अनलाइनमार्फत नै बुझाउन सकिन्छ ।

अनलाइनबाट फाइल गर्न र आफू योग्य भए नभएको थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com