अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

अक्टोबरमा स्थगित एनआरएनए आईसीसीको चुनाव डिसेम्बर १५ मा हुने भएको छ । प्रतिनिधि विवादका कारण स्थगित भएको निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तले वक्तव्यमार्फत जनाएका छन् ।

चुनावले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

सुरुमा एनआरएनको सम्मेलन स्थगित गर्दा नोभेम्बर २० सम्म गर्ने वातावरण मिलाउने निर्णय भएको थियो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको थियो । तर उक्त मितिमा भने चुनाव हुन सकेन ।

बढीमा ६ महिनासम्म चुनाव सार्नसकिने वैधानिक प्रावधान रहेकाले आगामी ६ महिना भित्र चुनाव गर्ने गरि अक्टोबर २३ देखि २५ सम्मका लागि तय गरिएको सम्मेलन स्थगित गरिएको थियो । वर्तमान कार्यसमितिको अवधि बढीमा ६ महिनासम्ममात्र थप्न सकिने वैधानिक प्रावधान रहेकाले चुनाव ६ महिनाभन्दा अगाडि नै गर्नुपर्ने अवस्था रहेको थियो ।

महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रपछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् । प्रतिनिधि छनौटका विषयमा भएको विवादबारे परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com