एनआरएनएको स्थगित सम्मेलन नोभेम्बर २० सम्म गर्ने ‘वातावरण मिलाउने’ निर्णय


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

एनआरएनए अध्यक्ष कुमार पन्त

एनआरएनएको स्थगित सम्मेलन नोभेम्बर २० सम्म गर्ने वातावरण मिलाउने निर्णय भएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको हो ।

एनआरएनए निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसंग छलफल गी महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय भएको छ ।

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको प्रवक्ता डि.बि. क्षेत्रीले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरुलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय समेत गरेको छ ।

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको एनआरएनले जनाएको छ । एनआरएन कार्यसमितिले संघको महाधिवेशन सम्म संयमित हुन सबै पक्षप्रति आग्रह समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com