अमेरिकामा एसाइलम खोज्नेलाई अदालतमा उपस्थीत हुने सुचनाविना रिहा गर्न बन्द


प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

अमेरिकामा सिमाक्षेत्रबाट गैर कानूनी रुपमा प्रवेश गरेर एसाइलम खोज्नेलाई अदालतमा उपस्थीत हुने कागजविना रिहा गर्न बन्द गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् । ६० दिनभित्र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको अफिसमा उपस्थीत भएर प्रकृया सुरु गर्ने पत्रसहित रिहा गरिदै आएकोमा उक्त अभ्यास बन्द गरिएको हो ।

बाइडेन प्रशासनले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पक्राउ परेका दशौं हजार आप्रवासीहरुलाई ट्रम्पकालिन स्वास्थ्य सम्बन्धित आदेशका आधारमा देशनिकाला गरिरहेको छ । कतिपयलाई अदालतमा उपस्थीत हुने नोटिस टु अपियरका साथमा अमेरिकामा रिहा गर्ने गरिएको छ । यो कागजातमा आप्रवासीले निश्चित समय र मितिमा निश्चित अध्यागमन अदालतमा उपस्थीत हुनका लागि मार्गनिर्देश गर्छ ।

तर यो बर्षको सुरुतिर अध्यागमन हिराशतहरु भरिएपछि आप्रवासीहरुलाई छिटो हटाउनका लागि सीबीपीले नोटिस टु अपियर बिना नै रिहा गरेको थियो । उनीहरुलाई नजिकको आइस अफिसमा उपस्थीत हुनका लागि नोटिस टु रिपोर्ट दिइएको थियो । आप्रवासीहरुलाई देशनिकाला वा एसाइलमको प्रकृया अगाडि बढाउनका लागि अदालतमा उपस्थीत हुने मिति नदिइकनै रिहा गर्दा बाइडेन प्रशासनको आलोचना भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी १ देखि अक्टोबर ३१ सम्म सीबीपीले ९४ हजार ५ सय ८१ जनालाई नोटिस टु रिपोर्ट दिएको र प्रकृया सुरु गर्नका लागि ६० दिनभित्र आइसको अफिसमा सम्पर्क गर्न निर्देश गरेको मेयरकासले बताएका छन् । तर अब उक्त अभ्यास सम्पूर्ण रुपमा बन्द गरिएको र अबदेखि अमेरिकामा रिहा हुने आप्रवासीहरुले अदालतमा उपस्थीत हुने पत्र प्राप्त गर्ने उनको भनाई छ ।

अमेरिकाका अध्यागमन अधिकारीहरुले ६० दिनभित्र आइसको अफिसमा उपस्थीत हुने शर्तमा रिहा गरेकाहरुलाई अदालतमा उपस्थीत हुन र आइसको थप प्रकृयाका बारेमा जानकारी दिन नोटिस टु अपियरसहितका पत्र पठाउन सुरु गरेका छन् । आइसको अफिसमा हुने अप्वाइन्टमेन्टका बेलामा आइसका अधिकारीहरुले आवेदन पुनरावलोकन गर्ने, बायोमेट्रिक लिने लगायतका काम गर्नेछन् । यसरी आउनेलाई पक्राउ नगरिने आइसले जनाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com