भारतमा मजदुरी गर्ने नेपाली भन्छन्ः ‘युवा अर्काको देशमा खुन पसिना बगाएका छन्,नेता समृद्धिको सपना बाँड्छन’


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिनुभएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो । आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुग्नुभएका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउनुहुन्छ ।

“गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन्”, उहाँले भन्नुभयो, “युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन् ।”

नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन् । “हाम्रो जस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन्”, रावलले भन्नुभयो, “यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन् ।”

उहाँले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताउनुभयो । “युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्”, उहाँले भन्नुभयो, “नेताहरुले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो । सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नागरिक रोजगारीका लागि भारत जानेक्रम दैनिकजसो चलिरहेको छ ।

त्यसैगरी नैनीतालमा होटलमा गार्डका रुपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताउनुभयो । “नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु”, ६१ वर्षीय बुढाले भन्नुभयो, “गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ ।”

उहाँले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताउनुभयो । “नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन रु”, उहाँले भन्नुभयो, “युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन ।”

त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताउनुभयो । “नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो”, शाहीले भन्नुभयो, “हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो ।”

शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाई, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताउनुभयो । “अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन”, उहाँले भन्नुभयो, “नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन् ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com